चितवनः भरतपुर महानगरपालिकाले जुन ५ अर्थात बिश्व बातावरण दिवसको अबसरमा साता व्यापि कार्यक्रम गरि मनाउने तयारी गरेको छ । आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि साता व्यापि रुपमा बातावरण दिवस मनाउन लागिएको जानकारी दिएको हो ।
स्वच्छ वायु स्वस्थ जिवन भन्ने मुल नाराका साथ मनाउन लागिएको सो कार्यक्रम यहि जेठ १६ गते देखि २२ गते सम्म जनेतनामुलक कार्यक्रमहरु गरि मनाउन लागिएका महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
विरुवा रोप्ने कार्यक्रम देखि प्रभात फेरी सम्मका कार्यत्रमहरु गर्न लागिएको छ । महानगरले १६ गते सरकारी कार्यालय परिसर एवं उपयुक्त सार्वजनिक स्थानमा फलफुलका विरुवा रोप्ने, १७ गते विद्यालयहरुमा सचेतना कार्यक्रम गर्ने, १८ गते बृहत सरसफाई, १९ गते राप्ति तटिय क्षेत्र सरसफाई, भरतपुर अस्पताल रोडमा हरितपार्क निर्माण, गरिने छ । यस्तै २० गते हाई वे सरसफाई, सार्वजनिक कयातायातका साधनहरुको निरिक्षण तथा जनचेतना कार्यक्रम, सेभ द ईन्भारोमेन्ट कार्यक्रम, २१ गते साईकल र्यालि, जनप्रतिनिधिहरु बिच स्लो साईकल रेस, जन्क आर्ट प्रतियोगिता, र २२ गते प्रभात फेरी एबं समापन समारोह आयोजना गरीने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
१ सय ४३ राष्ट्रहरुले हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गर्दछन् । वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव वढ्न लागे पछि यसलाई थप प्रभावकारी वनाउन आबश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस !