चितवनः नेपाली काँग्रेस चितवनले जेठ ३ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङ्ग भएका घटनाका दोशिलाई कारवाहिको माग गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा सत्ता र शक्तिको दवावमा परि दोशिलाई उन्मुक्ति दिने काम भएको भन्दै उनीहरुलाई पक्राउ गरि कारवाहिका लागि माग गरीएको छ ।
दोशिलाई उन्मुक्ति दिएर कानुनि राज्यको उपहास गरिएको बिज्ञीपतमा उल्लेख छ । श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा दोशिलाई कानुनि दायरामा ल्याउन प्रशासन नलागेको आरोप लगाईएको छ । जेठ तीन गते गोन्द्रङ्गमा रहेको सडक वोडको कर संकलन केन्द्रमा आगलागी हुँदा प्रहरी सहायक निरिक्षक कल्पना खड्का आगोले जलेर घाईते हुनु भएको थियो ।
प्रदेश नम्बर तीनका सांसद कृष्ण खनालको अगाडीनै आगलागी भएको भन्दै बिज्ञप्तीमा दोशिलाई कारवाहिको लागि माग गर्दै काँग्रेस चितवनले अवका दिनमा यस्ता घटना नदोहोर्याउन र यस्ता घटनाका दोशिलाई प्रश्रय नदिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !