चितवनः कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरको मुलद्धार अगाडी शंकास्पद वस्तु भेटिएको भनिएको बस्तु भित्र थोत्रा जुत्ता रहेको छ । आज विहान करिब ७ः३० वजेको समयमा झोलामा राखेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।
शंकास्पद वस्तु भेटिए पछि प्रहरी र नेपाली सेनाको टोलिले त्यसलाई निस्कृय पार्ने क्रममा प्रेसर कुकर भित्र थोत्रा जुत्ता भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता दुर्गाराज रेग्मीका अनुसार झोलामा कुकरको बिड देखिएको भए पनि त्यसलाई निस्कृय गर्ने समयमा पुराना जुत्ता भेटिएको हो । जनजीवन आतंकीत वनाउने उद्धेश्यका साथ सो कस्तु राखिएको उहाँले बताउनु भयो ।
यसै बिच नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले आयोजना गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभाबित वनेको छ । चितवन हुँदै छुट्ने र जाने लामो तथा छोटा दुरीका सवारीसाधनहरु न्यूनमात्र संञ्चालनमा आएका छन् । प्रमुख वजार नारायणगढ सोमबार वन्द हुने भएकाले वजारको चहलपहल कम छ भने अन्य क्षेत्रका पसलहरु आंशिक मात्र खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस !