चितवनः पश्चिम चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरको मुलद्धार अगाडी शंकास्पद वस्तु भेटिएको छ । आज विहान करिब ७ः३० वजेको समयमा झोलामा राखेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता दुर्गाराज रेग्मीका अनुसार झोलामा कुकरको बिड देखिएको छ भने केहि तार देखिएको अबस्थामा रहेको छ । पाँच लिटरको कुकरमा तार वेरेको र वाहिरबाट टेप टालिएको अबस्थामा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु भेटिएको स्थललाई प्रहरीले सुरक्षा दिएको छ । भेटिएको वस्तु के हो भन्ने विषयमा अहिले नै भन्न नसकीने उहाँले जानकारी दिनु भयो ।
शंकास्पद वस्तु भेटिएको स्थनामा नेपाली सेनाको वम डिस्पोजल टोलि पुगेको छ । टोलिले भेटिएको बस्तु के हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । अनुसन्धान पछि मात्रै यसलाई निस्कृय गर्ने प्रकृया सुरु गरिने छ ।
विहानै शंकास्पद वस्तु भेटिए पछि स्थानीय त्रशित वनेका छन् । यसै बिच नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले आयोजना गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभाबित वनेको छ । चितवन हुँदै छुट्ने र जाने लामो तथा छोटा दुरीका सवारीसाधनहरु न्यूनमात्र संञ्चालनमा आएका छन् । प्रमुख वजार नारायणगढ सोमबार वन्द हुने भएकाले वजारको चहलपहल कम छ भने अन्य क्षेत्रका पसलहरु आंशिक मात्र खुलेका छन् ।