
चितवनः नेपाली काँग्रेस चितवनले जागरण अभियान अन्तर्गत पहिलो खण्डको कार्यक्रम सम्पन्न गरेको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि पहिलो खण्डको कार्यक्रम सम्पन्न भएको जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता सुरेन्द्र चौधरीले सरकार अराजक गतिबिधिका साथ अघि वढेको बताउनु भयो । सरकारका काम कारवाहिका कारण आँफै अराजक वन्दै गएको उहाँले बताउनु भयो । देश अहिले अपराधिक मानसिकताले अघि वढेको उहाँले बताउनु भयो ।
भ्रष्टाचार र लुटतन्त्रका कारण मुलुक दयानीय अबस्थामा आएको उहाँको भनाई थियो । शान्ति प्रकृयामा आई सके पछि पनि प्रकृया नसकीदै हत्याराहरु छुट्नु दुभाग्य रहेको उहाँले बताउनु भयो । सरकारले प्रेश माथि नियन्त्रर्ण गर्न खोज्नु, अदालत प्रति हस्तक्षेप गर्नु दुखत रहेको उहाँको भनाई थियो ।
सरकार वहुमत वादको दम्बले छापामार शैलीमा अघि वढेको उहाँको आरोप छ । छापामार शैलिमा राजनैतिक हतियार वनाएर दिन दाहाडै अपराध गर्नेलाई संरक्षण गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा सरकारको दुई तिहाई दम्भका कारण अपराधिक कृयाकलाप वढ्दै गएको बताउनु भयो । राज्यले अपराधिलाई संरक्षण गरेको आरोप उहाँको थियो ।