चितवनः नेपाल प्रेस युनियन चितवनले यस वर्ष बिभिन्न कार्यक्रम गरि रजत वर्ष मनाउने भएको छ । युनियनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि युनियनको जिल्ला शाखा स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा एक वर्षभर रजत वर्ष मनाउन लागेको हो ।
वि. सं. २०४८ साल जेठ १३ गते युनियनको केन्द्रिय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । जिल्ला अध्यक्ष अनिल ढकालले गत वर्ष भवन निर्माणमा केन्द्रित भएकाले यस वर्ष एक महिना एक कार्यक्रम गरि रजत वर्ष मनाउन लागिएको जानकारी दिनु भयो । उहाँका अनुसार जेठ १३ गते ‘ हिडौ –स्वस्थ्य बनौ ’ भन्ने भावका साथ चौविसकोठीबाट पुल्चोकसम्म सबै संगै हिड्ने गरी कार्यक्रम तय गरेको जानकारी दिनु भयो । त्यसै गरि श्रमजिवि पत्रकारहरुको अबस्था र कार्यन्वयनको विषयमा अन्तरक्रिया, सरकारी निकायका सुचना अधिकारीसंग पत्रकारको अन्तक्र्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरिने उहाँले वताउनु भयो ।
सोहि अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्त परिक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिबिर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडीएको बस्तिमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारीका विमोचन संगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिनु भयो ।
देशभरमा युनियनको आफ्नै भवन निर्माण गर्ने चितवन पहिलो र एक मात्र शाखा हो ।

प्रतिक्रिया दिनुहोस !