चितवनः नेपाली काँग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत आज यहाँका चार जना प्रजातन्त्रका सेनानी र पूर्ब सांसदको निवासमा पुगेर उहाँहरु संग छलफल गरेको छ । पार्टीको केन्द्रले तोकेका प्रतिनिधि पूर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी सहितको जिल्ला नेताहरु उहाँहरुको घरमा पुग्नु भएको थियो ।

सो क्रममा टोलिले प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ र पूर्ब सांसद कृष्ण कुमारी श्रेष्ठको नारायणगढ स्थित निवासहरुमा पुगेर छलफल गरेको थियो । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार आजै क्षेत्रपुरमा वस्दै आउनु भएका पूर्ब सांसद मैयादेवि श्रेष्ठ र प्रजातन्त्रका सेनानी गौरी प्रधानसंग पनि भेट गरि छलफल गरिएको छ ।
पन्चायती शासकले ८३ वर्षिय महेश्वरलालको सर्वस्व हरण गरेको थियो । जीवनभर राजनितिमा लाग्नु भएका श्रेष्ठ अहिले पनि अविवाहित हुनुहुन्छ । ९३ वर्षिया मैयादेबिको जीवन पुरै राजनितिमा वितेको हो । जिल्ला सभापति श्रेष्ठका अनुसार श्रेष्ठले सिंगो पार्टी चलाउने कुरामा समेत साथ र सहयोग पुर्याउँदै आउनु भएको छ ।
८४ वर्षिया प्रधान प्रजातन्त्रका सेनानी स्व. श्यामकृष्ण प्रधानकी धर्मपत्नी हुनुहुन्छ । उहाँले नेपाली राजनितिमा महत्वपूर्ण योगदान पुर्याउनु भएको श्रेष्ठले बताउनु भयो । ७९ वर्षिया पूर्ब सांसद कृष्णकुमारी नेपाल महिला संघको संस्थापक जिल्ला अध्यक्ष हुनुहुन्छ ।
श्रेष्ठका अनुसार अग्रजहरुलाई भेट गरि राजनैतीक ईतिहाँस संगै उहाँहरुले पुर्याउनु भएको योगदानका विषयमा जानकारी लिईएको थियो । यस संगै उहाँहरुको पारिवारीक र स्वास्थ्य अवस्थाको बारेमा पनि वुझ्नेकाम भएको थियो । भेटका क्रममा सबैले पार्टीलाई संगठित वनाएर लैजान सुझाब दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !