चितवनः नेपाल प्रेस युनियन चितवन शाखाले रजत वर्ष मनाउने भएको छ । युनियन चितवनको आज वसेको बैठकले रजत वर्षको अवसरमा कार्यक्रमहरु गर्नका लागि अध्यक्ष अनिल ढकालको संयोजकत्वमा १ सय ५१ सदसिय मुल आयोजक समिति गठन गरेको छ ।
युनियन चितवनले वर्ष भरी बिभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको अध्यक्ष ढकालले जानकारी दिनु भयो । ढकालले वर्षभरी आयोजना गरिने कार्यक्रमहरु भोलि पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईने बताउनु भयो ।
युनियनले वार्षिक रुपमा रचनात्मक कार्यक्रम गरि मनाउने तयारी गरेको सचिब प्रस्ताव सुवेदीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !