चितवनः नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले काँग्रेका बिरुद्धमा अलोकतान्त्रीक नश्लबाद शक्तिहरु लागि परेको आरोप लगाउनु भएको छ । काँग्रेस चितवन साबिक क्षेत्र नम्बर ५ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले काँग्रेशलाई कम्जोर वनाउनका लागि बिभिन्न वाहनामा अलोकतान्त्रीक नश्लवाद शक्ति लागेको आरोप लगाउनु भएको हो ।
जगतपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्ता शक्तिहरुलाई परास्थ गर्नका लागि काँग्रेसका कार्यकर्ता एक ठाउँमा हुन आबश्यक रहेको बताउनु भयो । यी शक्तिहरुलाई परास्थ गर्नका लागि एक भएर लाग्न नसकीए देशमा प्राप्त उपलव्धिलाई जोगाउन नसकिने भन्दै उहाँले अवको खतरा देश रहन्छ कि रहदैन भन्नेमा भएको बताउनु भयो ।
अहिले देशमा प्रजातन्त्र खतरामा परेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “माले, मसाले र मण्डलेहरुको मिलनले प्रजातन्त्र खतरामा परेको छ ।” यसको रक्षाका लागि काँग्रेस एक हुन जरुरी रहेका उहाँले बताउनु भयो ।
मुलुकमा अहिले सरकारले हत्या, हिंशा, वलत्कार जस्ता घटनाहरु वढ्नु र दोशिले उन्मुक्ति पाउनुका कारण पनि जनता असुरक्षित रहेको उहाँको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले पार्टी भित्र भएका र कार्यकर्ता बिचमा भएका मतभेदलाई हटाएर अधिनायक वादको बिरुद्ध लड्ने प्रतिवधता व्यक्त गरेका थिए । अहिले सम्मको कमिकम्जोरीलाई हटाउँदै एक भएर सरकारका गलत कामको बिरुद्धमा लाग्ने उनीहरुको भनाई थियो ।
नेपाली काँग्रेस चितवनले सुरु गरेको जागरण अभियान अन्तर्गत आज जिल्लाको दुई स्थानमा कार्यक्रता भेला एबं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनका साबिक क्षेत्र नम्बर तीन र साबिक क्षेत्र नम्बर ५ मा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापति लाल वहादुर दवाडीको अध्यक्षता तथा क्षेत्र नम्बर ३ मा कार्यवहाक क्षेत्रीय सभापति भरत लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सचिब उत्तम जोशी, गिता गुरुङ्, टंकनाथ पौडेल, कृति कुमार श्रेष्ठ, टंक बास्तोला, साबित्रि ढकाल, छविलाल भटराई, सबिता वराल लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !