चितवनः क्रियाशिल तीन राजनैतिक दलहरुले नागरिकता ऐन संसोधन विधेयक २०७५ को बिरुद्धमा संकलन गरेको हस्ताक्षेर आज जिल्ला प्रशासन काार्यलय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाएका छन् । कृयाशिल राजनैतिकदल नेकपा (मसाल), नेकपा (माले) र राष्ट्रिय जनमोर्चाले नागरिकता ऐन संसोधन बिधेयक २०७५ राष्ट्रिको हित बिपरित भएको भन्दै हस्ताक्षर सहितको ज्ञापनपत्र वुझाएका हुन ।
संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्रमा विधेयक राष्ट्रको हित विपरित भएको भन्दै यसलाई तत्काल सच्याउनका लागि आग्रह गरिएको छ । सो अवसरमा गत चैत १० गते देखि संकलित हस्ताक्षेर बुझाईएको हो । ३२ हजार जनाको हस्ताक्षर रहेको भन्दै यसले सरकारको ध्यान केन्द्रित गराउनु पर्ने राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्मर पुरीले जानकारी दिनु भयो ।
सरकारले जन्मसिद्ध नेपाली नागरिकता दिने भन्ने निर्णय गरे संगै सिमावर्ती क्षेत्रका जनताले नागरिकताका लागि आवेदन दिएको भन्दै ज्ञापन पत्रमा यसलाई तत्काल रोकी वंशजका आधारमा नागरिकता दिने बतावरण वनाउन समेत माग गरीएको छ ।
दलहरुको ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेतले अहिले देखिएको समस्या जिल्ला तहबाट नभई नितिगत तहवाट समाधान गर्नु आबश्यक रहेको बताउनु भयो । आँफुले प्राप्त गरेको ज्ञापनपत्र जतिसक्दो चाँडो प्रधानमन्त्री कार्यालयमा पठाउने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !