जेठ ८ नेपाल विद्युत प्राधिकरणले यही बर्खादेखि भारतलाई विद्युत बेच्ने भएको छ । प्राधिकरणले २०० मेगावाट विद्युत भारत लाई बेच्ने भएको हो । हाल रातको समयमा९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत भारतलाई बेच्न सकिने भएको हो । त्यतीमात्र होईन प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत समेत राष्ट्रिय प्रसारण लाईनमा थपिसकेको छ । साथै निजी क्षेत्रका आयोजनाबाट पनि ४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा थपिएको छ ।

वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने कुलमानले बिजमाण्डूलाई बताए।नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग हुँदा पनि २०० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ। तर वर्षा सुरु भएसँगै विद्युत उत्पादन बढ्ने र रातको समयमा हाल विद्युत खपत कम भईरहेकोले उक्त विद्युत प्राधिकरणले भारत बेच्न लागेको हो।

सुख्खा यामसम्म थप विद्युत आयोजना सञ्चालनमा आउने र आगामी वर्ष भारतबाट आउने विद्युतको ठूलो हिस्सा कटौती हुने  घिसिङले बताए। यसैगरी विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ। थालिएका सबै आयोजनाबाट विद्युत उत्पादन भएपछि अर्को वर्ष एक हजार दुई सय ७० मेगावाट विद्युत थपिएमा कुल जडित क्षमता दुई हजार तीन सय मेगावाट पुग्ने र हिउँदमा ४० प्रतिशत मात्र विद्युत उत्पादन हुँदा पनि ९०० मेगावाट बढी विद्युत उत्पादन हुने भएकाले अर्को सुख्खायाममा धेरै विद्युत आयात गर्नु नपर्ने प्राधिकरणले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस !