चितवनः उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्ब पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ्मा रहेको सडक वोडको कर संकलन केन्द्रमा आगोलागीमा संलङ्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनु भयो ।

रेग्मीका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरिएको छ । रेग्मी सहित प्रदेश सभा सदस्य कृष्ण खनालको टोलिले संकलन केन्द्रमा तोडफोड सहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई आज साँझ रत्ननगरवाट पक्राउ गरेको हो ।
उनी संगै फरार रहेका अन्यको खोजीकार्य जारी रहेको रेग्मीले वताउनु भयो । आगलोगीका क्रममा प्रहरी सहायक निरिक्षक कल्पना खड्का घाईते भई चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !