चितवनः नेपाली काँग्रेसलाई जनता संग कसरी लैजान सकीन्छ भन्ने विषयमा काँग्रेस चितवनले शुभेच्छुक तथा भातृ संस्थाहरु संग छलफल गरेको छ । काँग्रेसको जागरण अभियान अन्तर्गत भातृ संस्था तथा शुभेच्छुक संस्थाहरु संग छलफल गरेको हो ।
छलफलका बोल्ने भातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रमुख एबं प्रतिनिधिहरुले काँग्रेसले आँफुले गरेको कामलाई प्रचार गर्न नसक्दा अहिलेको अबस्थामा आउनु परेको बताएका थिए । आँफुले गरेको कामलाई प्रभावकारी रुपमा प्रचार गर्नु र जनता माझ जानुनै अहिलेको बिकल्प भएको उनीहरुको भनाई थियो ।
अहिले सरकारले र सरकारमा रहेको दलका संसदहरुले गरेका हरेक गलत कामहरुलाई आम जनतामाझ पुर्याउनु आबश्यक रहेको उनीहरुले बताए । यसका लागि हरेक संयन्त्र प्रयोग गर्नुको बिकल्प नरहेको भन्दै उनीहरुले सबै तह र तप्कावाट खवरदारी आबश्यक रहेको औल्याएका थिए ।
चितवनमा काँग्रेस केन्द्रको रुपमा प्रतिनिधि भएर आउनु भएका सुरेन्द्र चौधरी सहित भएको छलफलका क्रममा भाबि दिनमा काँग्रेसले नयाँ रणनीति अपनाउन नसकेको खण्डमा पार्टीले ठूलो क्षेती भोग्नु पर्ने उनिहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै चौधरीले पार्टीलाई वलियो बनाउनका लागि भातृ तथा शुभेच्छुक संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । हरेक तहबाट काँग्रेसले सरकारका गलत कामको प्रचार गर्दै काँग्रेस नेतृत्वको सरकारले गरेको कामहरुको प्रचार गर्न आबश्यक रहेको उहाँको भनाई थियो ।
काँग्रेस भित्र रहेका बिभिन्न समस्या समाधान गर्दै अघि वढ्नुको बिकल्प नरहेको उहाँले बताउनु भयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले केन्द्रय कार्यालयबाट भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आएको निर्देशन पढेर सुनाउनु भएको थियो ।