चितवनः वर्तमान नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा वढेको काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, स्थानी तहका प्रमुख तथा उपप्रमुखका उमेदवारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्ने काँग्रेस चितवनका नेताहरुले पार्टीलाई सुदृढ गर्दै अघि लैजानु पर्ने चिन्ता व्यक्त गरेका थिए ।
अहिलेकै अबस्थामा रहे पार्टी र मुलुक ठूलो दुर्घटनामा पर्ने उनीहरुको भनाई थियो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको छलफलका क्रममा उनीहरुले पार्टी प्रति चिन्ता सहित अवको भावि कार्यक्रमका वारेमा समेत जानकारी गराएका थिए । पार्टीले जिल्लाका सबै स्थानीय तहमा छायाँ सरकार गठन गरेर सबै काम कारवाहिको अनुगमन आबश्यक रहेको बताएका छन् ।
पार्टीलाई अग्रगामी सोचका साथ अघि वढाउन आबश्यक रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा संम्बोधन गर्दै काँग्रेसका केन्द्रिय प्रतिनिधि सुरेन्द्र चौधरीले कम्युनिष्ट सरकारको गलत कामको भण्डाफोर गर्दै वलियो तरीकाले भातृ संस्थाहरुलाई संञ्चालन गर्नु आबश्यक रहेको बताउनु भयो । सुभेच्छुक तथा भातृ संस्थाहरुको बिबाद अन्त्य गर्दै पार्टीलाई चलायमान वनाउनु आबश्यक रहेको चौधरीको भनाई थियो ।
कार्यक्रममा महासमिति सदस्यहरु राजेन्द्र वुर्लाकोटी, शुशीला उप्रेति, प्रकाश अधिकारी, दिनेश कोईराला, शुवोध प्रधान राजेश्वर खनाल, राजन कार्कि, सबिता वराल, गिता देवकोटा,उत्तम आचार्य, किरण भूषाण ओलि, अनिता मैनाली, लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !