चितवनः पुर्ब शिक्षक दम्पतीले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नयाँ किरण माध्यामिक बिद्यालयलाई ७० लाख १ सय ११ रुपैंया सहयोग गरेका छन् । सोहि वडा निवासी शिक्षा प्रेमी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर वृद्धिका लागि सो रकम बिद्यालयलाई सहयोग गर्नु भएको हो ।
कमल मल्लकी आमा खुम्बुकुमारी मल्लले एक समारोहका बिच सो रकम बराबरको चेक बिद्यालयलाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयको स्वर्ण महोत्सबका अवसरमा कवल गरिएको रकम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेलाई हस्तान्तरण गरिएको हो । बिद्यालयको भौतिक संरचना अपुग भएका कारण कक्षा ११ र १२ को पठनपाठन हुन सकेको छैन ।
गरिब तथा बिपन्न परिवारका बिद्यार्थीहरुलाई शिक्षा हाँशिल गर्नमा सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग रकम हस्तान्तरण गरेको मल्लले वताउनु भयो । सामुदायीक बिद्यालयहरुको आर्थिक अवस्था कम्जोर भएका कारण शैक्षिक गुणस्तरमा वृद्धि गर्न कठिन हुने गरेको उहाँले बताउनु भयो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालयका प्रध्यानाध्यापक रामेश्वर अधिकारीले यहि संरचनामा कक्षा ११ र १२ संञ्चालन गर्न कठिन भएको बताउनु भयो । बिद्यालयको नाममा जग्गा थोरै रहेकाले अन्य संरचना थप गर्न नसकिने अबस्था रहेको भन्दै उहाँले स्थानीय निकाय संग जग्गा उपलवध गराईदिन अनुरोध समेत गर्नु भयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले समाज सेवीहरुको सहयोगले नै सामुदायीक बिद्यालयहरुको उन्नती हुने बताउनु भयो । मल्ल दम्पतीले गर्नु भएको सहयोगले बिद्यालयलाई अझै उर्जा मिलेको उहाँको भनाई थियो ।
उहाँहरु दुवै जना लामो समय प्रध्यापन पेशामा आवद्ध रहनु भएको थियो । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सधै लाग्ने प्रतिवधता सहित रकम हस्तान्तरण गरीएको हो ।