चितनवः नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सरकार राज्यका सवै संयन्त्र कव्जा गर्ने नितिमा अघि वढेको बताउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकारले जन अपेक्षा बिपरित राज्यका सबै संयन्त्रलाई आफ्नो नियन्त्रर्णमा लिने काम गर्न लागेको बताउनु भएको हो ।
सरकारले संबिधानको मुल्य मान्यताहरुलाई कुल्चिएर सरकार अघि वढेको उहाँको आरोप थियो । जनताको सामु आँफैले गरेको वाचा समेत बिर्षिय निरंकुशता तर्फ अघि वढेको घिमिरेको भनाई थियो ।
प्रजातान्त्रीक मुल्य मान्यता प्रति जनाएको प्रतिवधताको वर्खिलाप सरकार अघि वढेको आरोप लगाउँदै उहाँले यसको उदाहारण संसदमा दर्ता गरीएका बिधेकहरु रहेको बताउनु भयो । उहाँले भन्नुभयो “सदनमा छलफलका क्रममा रहेका हुन वा छलफलमा आउने क्रममा रहेका हुन त्यो वाट प्रष्ट हुन्छ ।” उहाँले थप्नुभयो “राष्ट्रिय सुरक्षा सम्बन्धि बिधेयक, मिडिया काउन्सील बियेयक र मानवअधिकार सम्बन्धि बिधेयक प्रजातन्त्रका मर्महरुलाई समाप्त गरेर ल्याईएको छ ।” यसबाट सरकारले आम नेपाली नागरिकको स्वतन्त्रताको अधिकार माथि अंकुश लगाएर सरकार निरंकुशता तर्फ लागेको उहाँले बताउनु भयो ।
सरकारले गतल वाटो अपनाएका कारण काँग्रेसले जागरण अभियान सुरु गर्नु परेको उहाँको भनाई थियो । काँग्रेसले मेचि महाकाली, हिमाल पहाड तराई मधेस सबै जिल्ला जिल्लामा अभियान मार्फत सरकारका काम कारवाहिका वारेमा जानकारी गराउन अभियान सुरु गरेको उहाँले बताउनु भयो । घिमिरेले भन्नुभयो “सरकारका गलत कामको भण्डाफोर गर्नका लागि अभियान सिद्ध वन्छ र हुन्छ ।”
अहिले पार्टीका साथीहरु संग सम्बाद भई राहेको बताउँदै उहाँले आन्तरीक रुपबाट सुदृढ गरेर पार्टीका अंगहरुलाई व्यवस्थित वनाउँदै गतिशिल र कृयाशिल वनाउने एबं पार्टीका साथिहरुलाई अहिलेको चुनौति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरा वुझाउन अहिलेको अभियान सफल वन्ने बताउनु भयो । पार्टीलाई वडा तह देखि केन्द्र सम्म शशक्त बनाउने र संगठनलाई सुदृढ वनाउने अभियान अघि वढेको बताउँदै उहाँले काँग्रेसलाई वलियो वनाउँन अहिलेको कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गर्नु भयो ।
अहिलेको समय पार्टी भित्रको गुट अन्त्य गर्दै स्वस्थ प्रतिशप्रधामा लाग्नु आबश्यक रहेको घिमिरेको भनाई छ । पार्टी भित्रको गुट निहित स्वार्थका लागि नभई कसरी पार्टीलाई अगाडी वढाउने भन्ने विषयमा हुन जरुरी रहेको उहाँले बताउनु भयो । नेतृत्वले पार्टीलाई निहित स्वार्थका लागि अघि वढाउन नहुने उहाँको भनाई छ ।
जनताका स्वार्थ र हितका लागि कृयाशिल एउटा समयन्त्र नै पार्टी रहेको बताउँदै उहाँले अहिले जसरी काँग्रेस अघि वढ्नु पर्नेहो त्यसरी अघि वढ्न नसकेको बताउनु भयो । पार्टी भित्रका कमिकम्जोरी सच्चाएर अघि वढ्नु आबश्यक रहेको उहाँको भनाई छ ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाल बिद्यार्थी संघ भित्रै समस्या देखिएको बताउनु भयो । नेताहरुले संघलाई प्रभावमा पार्न खोज्दा विवाद देखिएको उहाँको भनाई थियो । नेविसंघले आफ्नो काम आँफै गर्नु पर्ने बताउँदै उहाँले आफ्नो काम गर्न नेताको मुख ताक्दा समस्या वनेको बताउनु भयो । नेताहरुले भातृ संगठनमा आफ्नो प्रभाव भयो भने आँफु नेता भईने भन्ने भावना राखेका कारण भातृ संगठन चलायमान वन्न नसकेको उहाँले बताउनु भयो । नेविसंघले आफ्नो धरातलमा उभिएर आफ्नो बिधान अनुसार कामहरु आँफै गर्नू पर्ने भन्दै उहाँले भन्नुभयो “नेताहरुको बार्तलि ताक्दा संगठन चलायमान नभएको बताउनु भयो ।”