
चितवनः पवित्र तिर्थस्थल देवघाटको चितवन तर्फको पर्ने क्षेत्र अहिले पनि वनको नाममा रहेको छ । जहाँ अहिले २७ बिगाह भन्दा वढि जगग अतिक्रमण भई सकेको छ । जिल्ला वन कार्यालय चितवनका अनुसार सो क्षेत्रमा अहिले पनि अतिक्रमणको कार्य रोकीएको छैन । सो क्षेत्र ऐलानी भएकाले मठमन्दिरको नाममा अतिक्रमण भएको छ ।
पहुँचका आधारमा वन क्षेत्र मासेर धमाधम भौतिक संरचनाहरु निर्माण गरिएको छ । अहिले सो क्षेत्रमा आश्रम, कुटि र कल्पबासका नाम दिएर ठूला ठूला भौतिक संरचनाहरु वनेका छन् । राष्ट्रिपतीका परिवार सहित पूर्ब प्रधानन्याधिस, पूर्ब मन्त्री एबं पूर्ब सचिबहरुले बिभिन्न नाममा कुटि, कल्पबास र आश्रम निर्माण गर्दै आएका छन् ।
देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार २० वटा भन्दा वढि मठमन्दिर संगै तीन सय भन्दा वढि कुटिका नामका घरहरु निर्माण भएका छन् । यस संगै बिभिन्न जात जातिका कुल पुजा गर्ने स्थलहरुमा ठूला ठूला भवनहरु वनेका र वन्दै गरेका छन् ।
वुद्ध धर्मावलम्बिहरुको गुम्बा देखि बिभिन्न जाती समुदायको २० भन्दा वढि कुल पुजा स्थल निर्माण गरिएको पौडेलले बताउनु भयो । त्यस क्षेत्रमा वनेका संरचना र खालि जमिन किन वेच समेत हुने गरेको पौडेलको भनाई छ । उहाँका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु ५ लाख देखि १० लाख सम्ममा कारोवार हुने गरेको छ ।
किन्ने र वेच्नेहरुले मठ मन्दिर र आश्रमलाई दस्तुर समेत वुझाउने गरेको छन् । पौडेलले भन्नुभयो यहाँको ऐलानी जग्गामा मठ मन्दिर र आश्रमलाई दस्तुर वुझाएर सामाजिक बैधानिकता दिने समेत गरिएको पौडेलले बताउनु भयो । उहाँले सरकारले नितिगत निर्णय गरेर पबित्र तिर्थस्थलमा भएको अतिक्रमण रोक्नु पर्ने धारणा राख्नु भयो ।
देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेल आँफु अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटक पटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताउनु हुन्छ । ठूला वडा र पहुँचको आधारमा दिनानु दिन अतिक्रमण वढेको भन्दै उहाँले मठ, मन्दिर, आश्रम, कुटि र कल्पबासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाई राख्नु भयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको बिषयमा आँफु प्रमुख भए पछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजिमा लागि रहेको बताउनु भयो । त्यहाँको अबस्थाको बारेमा वडा कार्यालय मार्फत बुझ्ने प्रमुख दाहालको भनाई छ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख बिष्णु पौडेलले तीन वर्ष अघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका १ हजार ६ सय ८८ हेक्टर जमिन मध्ये देवघाटमा १७ दशमलब ७९ हेक्टर जमिन अतिक्रमण भएको बताउनु भयो । सो क्षेत्रमा वि. सं. २०३० साल यता अतिक्रमण हुँदै आएको छ । जिल्लामा भएको वन क्षेत्र अतिक्रमण बिभिन्न स्थानमा रहेको छ ।
यस अघि पटक पटक सो क्षेत्र खालि गर्न प्रयास गरेको भए पनि चाड पर्व, वर्षातको समय, निर्वाचन लगाएतका नाममा खालि गर्न नसकिएको पौडेलको भनाई छ । स्थानीय तह, प्रशासन, राजनैतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमीत क्षेत्र खालि गर्न सकीने पौडेलले बताउनु भयो ।
देवघाट क्षेत्रको बिकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरि काम भईरहेको छ । आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सकीने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नु पर्ने क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे वताउनु हुन्छ । धार्मिक हिसावले निकै महत्वपूर्ण देवघाटको बिकासका लागि निकै धेरै क्षेत्र आबश्यक पर्ने भन्दै उहाँले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नु पर्ने बताउनु भयो ।
देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो संख्यामा तिर्थालु भक्तजनहरु आउने गर्दछन् । चितवन तर्फको भाग अतिक्रमित संरचनाले भरिए संगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाई हुने गरेको घिमिरेले बताउनु भयो ।