चितनवः पूर्बि चितवनमा रहेका बिभिन्न होटल व्यवसायीहरुले रेष्टुरेन्ट एण्ड वार एशोसीयसन सौराहाका अध्यक्ष गोकण गिरिलाई रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएका छन् । क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा, युनाईनेट हात्ति संञ्चालक संघ लगाएतका बिभिन्न संघसंस्थाहरुले गिरि निर्दोश रहेका कारण रिहाईको माग गरेका हुन ।
संघ संस्थाहरुले गिरि पारिवारीक काममा भरतपुर तर्फ आउँदै गर्दा आन्दोलनमा परेको र सोहि क्रममा पक्राउ गरिएको भन्दै विनासर्त रिाहाईको माग गरेको हो । सबै संस्थाको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले ज्ञापनपत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले घटना जघन्य रहेको र अनुसन्धानका क्रममा रहेकाले को दोशि हो भन्ने विषयमा भने अहिलनै भन्न नसकीने बताउनु भयो । दोशीलाई अम्कन दिन नहुने भन्दै उहाँले कानुनी प्रकृयामा रहेको कुरामा कसैले केहि भन्न नसकीने बताउनु भयो ।
यसै बिच जिल्ला प्रहरी काार्यलय चितवनले गत शुक्रबार पूर्ब पश्चिम राजमार्गको टिकौलीमा सडक वोडले राखेको कर संकलन केन्द्रमा आगलागि गर्नेको खोजि कार्यलाई तिब्र बनाएको छ । प्रदेश सभा सदस्य कृष्ण खानल र उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी सहीत अन्य घटनामा संलङ्नहरुको खोजि कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो ।
रेग्मीका अनुसार घटनाको गाभिर्यतालाई मुल्याङ्कन गर्दै संलङ्नहरुको खोजि गरिएको छ । कैलालि घटना दोहोर्याउने उद्धेश्यले यो घटना भएको भन्दै उहाँले दोशिलाई कारवाहि गरीने वताउनु भयो । प्रहरीले मुख्य योजनाकारको रुपमा राखेका प्रदेश साभार सदस्य खनालले भने आज एक बिज्ञप्ति जारी गर्दै आफ्नो कुनै संलङ्नता नरहेको जनाउनु भएको छ ।
सांसद खनाल द्धारा जारि बिज्ञप्तिमा विभिन्न सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकेर दासढुंगाबाट रत्ननगरतर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा जनप्रतिनिधि भएकोले बोलिदिनु प¥यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले आफूले केही कुरा बोलेको विज्ञप्तिमा उल्लेख छ । सोही समयमा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी सहायक निरिक्षक कल्पना खड्का घाइते भएको भन्दै सांसद खनालले विज्ञप्तिमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !