चितवनः नेपाली काँग्रेस चितवनले सुरु गरेको जागरण अभियानलाई प्रभावकारी कसरी वनाउने भन्ने विषयमा आज जिल्लाका पूर्ब सभापतिहरु, पूर्ब माननिय, वाहल वाला माननिय, पार्टीका पदाधिकारी एबं अग्रज नेताहरु संग छलफल गरिएको छ ।
छलफलका क्रममा केन्द्रिय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरीले काँग्रेस वलियो नभए मुलुक आक्रान्त वन्ने वताउनु भएको छ । काँग्रेस चितवनको पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट ज्याजतिको बिरुद्धमा लड्नका लागि पार्टी भित्रको अन्तर संघर्षको अन्त्य गर्नु आबश्यक रहेको बताउनु भयो ।
अहिलेको संक्रमणकालिन अबस्थामा प्रजातन्त्र प्रेमी शक्तिहरु उक भएर लाग्नुको बिकल्प नभएको बताउँदै उहाँले जनता आत्तिन लागेको बताउनु भयो । जनताको आत्मबल वलियो वनाउँदै शाहि सैलीमा हिडेको सरकारको गलत कामको प्रर्दा उठाउनु आजको आबश्यकता रहेको उहाँको भनाई थियो ।
छलफलमा बोल्ने जिल्ला नेताहरुले अवको समय जनताको घर आगनमा पुग्ने समय रहेको बताएका थिए । काँग्रेस कम्जोर हुँदा लोकतन्त्र कम्जोर हुने भन्दै उनिहरुले काँग्रेसको नेतृत्वमा आएको लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि काँग्रेसको नै रहेको बताएका थिए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, लगाएतले बोल्नु भएको थियो ।
यसै बिच काँग्रेस चितवनको आज सम्पन्न वैठकले जागरण अभियानका लागि पहिलो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पहिलो चरणका कार्यक्रमहरु जेठ ११ गते सम्म संञ्चालन हुने छन् । काँग्रेस चितवनका सचिब उत्तम जोहीका अनुसार पहिलो चरणका कार्यक्रमहरुमा ७ गते महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु संग छलफल तथा अन्तरक्रिया र साबिक क्षेत्र नम्बर४ को क्षेत्रीय स्तरको भेला कार्यक्रम रहेको छ ।
यस्तै जेठ ८ गते क्षेत्र नम्बर २ मा क्षेत्रीय भेला, भातृ संस्था एवं शुभेच्छुक संस्थाहरु तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु संग अन्तरक्रिाय कार्यक्रम, ९ गते क्षेत्र नम्बर ३ र ५ मा क्षेत्रीय भेला, १० गते क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला, उद्योगि व्यावसायीहरु संग छलफल तथा भेटघाट कार्यक्रम रहेको छ । यसैगरी ११ गते सहिद परिवा, प्रजातन्त्रका सेनाीन, लोकतान्त्रीक आन्दोलनका घाईते तथा बाँदरमुढे घटनाका घाईतेहरु लाई भेटघाट कार्यक्रम तय भएको जोशीले जानकारी दिनु भयो ।
वैठकमा कार्यक्रमहरुलाई कसरी प्रभावकारी रुपमा अघि वढाउने, तल्लो तहसम्म कसरी जान सकीन्छ र भातृ तथा शुभेच्छुकहरु लाई कसरी परिचालन गर्न सकीन्छ भन्ने विषयमा समेत छलफल भएको सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
यी सबै कार्यक्रममा केन्द्रिय प्रतिनिधि चौधरी सहभागि हुने कार्यक्रम रहेको छ । काँग्रेसले सुरु गरेको जागरण अभियन जेठ २५ गते सम्म संञ्चालन हुने छ । पहिलो चरणका कार्यक्रमहरुको प्रभावकारीता हेरेर दोस्रो चरणको कार्यक्रमहरु तय गरिने छ ।
अभियानका क्रममा सरकारले गरेका हरेक गलत कामको भण्डाफोर गर्दै कार्यकर्ताहरुलाई एकिकृत गर्ने काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनु भयो । हिमाल पहाड तराई जागरण अभियानको रुपमा काँग्रेसले जागरण अभियान अन्तर्गत पहिलो चरणमा यो कार्यक्रम आयोजना गरिएको हो ।