नारायणग–मुग्लिन सडक खण्डमा मोटरसाईकललाई र ट्रकले ठक्कर दिदाँ आज साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका वडा नम्बर ८ वस्ने ३० वर्षिय अनुप खड्का रहेका छन् ।
मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको वा ७७ प ६६६३ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका वडा नम्बर २९ केरावारीमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी आज साँझनै मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । ।पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !