चितवनः जो कोहि वृद्ध अवस्थामा पुगे पछि आफ्नो दाहाशंस्कार पबित्र भूमिमा होस भन्ने चाहान्छ । सोहि चाहना अनुरुप मृत आत्मलाई परिवारले उसले चाहेको स्थानमा ल्याउने गरेका छन् ।
यसका लागिपवित्र तिर्थस्थल देवघाट धाममा पनि निकैको रोजाईमा पर्ने गरेको छ । जस अनुसार यहाँ दैनिक ८ वटा शवको दाहाशंस्कार गर्ने गरेका छन् । यो क्रम दिनानु दिन वढ्दै गएको छ । यो संगै देवघाटको दाहाशंस्कार स्थलमा फोहोर फैलन थाले पछि देवघाट क्षेत्र बिकास समितिले व्यवस्थापनका लागि पहल कदमि सुरु गरेको छ । फोहोरका कारण वातावरण प्रदुषण र नदि प्रदुषण वढे पछि यसका लागि व्यवस्थापनको काम सुरु गरिएको हो ।
यसको प्रकृया स्वरुप अन्त्येष्टिका लागि लैजाने शव संगै हुने फोहोर नारायणी नदिमा फाल्न रोक लगाईएको छ । देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शव दाहासंस्कार गरे पछि मृतकले प्रयोग गरेका कपडा, औषधि, गुन्द्रि, क्रियापुत्रीले फालेको कपाल, पत्ती, पानीका वोटल, शव ल्याउन प्रयोग गरिएका वाँस, कपडा, अन्त्येष्टिका लागि ल्याईने पुजा वर्तनका सामाग्रीहरु नदिमा नफाल्न सार्वजनिक रुपमा माईकिङ् गर्न थालिएको छ । निर्धारीत स्थान तोकेर ती फोहोर राख्न आग्रह सहितको सुचना समेटीएको समबेदना संन्देश माईकिङ् मार्फत गर्न थालिएको छ ।
पौडेलले ती स्थानमा फोहोर संकलनका लागि भरतपुर महानगरपालिका संग कन्टेनर माग गरिएको बताउनु भयो । संकलित फोहोरलाई हरेक हप्ता महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीले लैजाने गरेको छ । क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार माईकिङ् गरे संगै फोहोर नदिमा फाल्न रोकेर संकलन हुने क्रम सुरु भएको छ ।
शव पोलेपछि खरानी नदिमा बगाउन मोटर मार्फत पानीको फोहोरा प्रयोग गर्नका लागि तयारी समेत सुरु गरिएको उहाँले बताउनु भयो । घिमिरेका अनुसार अलकत्राका ड्रमहरु काटेर ठाउँठाउँमा फोहोर संकलन गर्न राखिएको छ । सो स्थानमा चितवन, नवलपरासी, तनहुँ सहित रुपन्देही, कपिलवस्तु, मकवानपुर, धादिङ् लगाएतका जिल्लाबाट शव ल्याउने गरिन्छ ।
वैशाख महिनामा मात्र १ सय ९७ वटा शवको अन्त्येष्टि गरिएको उहाँले बताउनु भयो । समितिले अन्त्येष्टिका लागि आबश्यक दाउरा र अन्य सामाग्रीहरु बिक्रिको प्रवन्ध मिलाएको छ । समितिको दाहासंस्कार व्यवस्थापन उपसमितिका संयोजक पोषण सुवेदीले नदिमा फोहोर वग्दा वातावरणीय प्रभाव संगै नदि आसपासका क्षेत्रहरुमा दुर्गन्ध फैलीने भएकाले सवैलाई फोहोर सम्बन्धित ठाउँमा व्यवस्थापन गर्न माईकिङ् मार्फत नियमीत सुचना जारी गरेको बताउनु भयो ।
टाढा टाढा बाट रातको समयमा समेत दाहासंस्कारका लागि देवघाट ल्याउने हुँदा उक्ता फोहोरका कारण कतिपय मलामि बिरामी हुने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस !