चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले जवरजस्ति करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १० छेवाङ्का २५ वर्षिय डिले पर्जा रहेका छन् । उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
उनी संगै जवरजस्ति करणीमाको आरोप लागेका २८ वर्षिय सुजन मगर भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रर्जा र मगरले सोहि स्थान निवासी अन्दाजी २५ वर्षिय युवक्तिलाई जवरजस्ति करणी गरेको उजुरीका आधारमा प्रर्जा लाई पक्राउ गरिएको हो ।
युवति र प्रजालाई स्वास्थ्य परिक्षण पछि ईलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ ।