चितनवः हरेक वर्ष जेठ तीन गते तत्कालीन नेकपा एमालेले मनाउँदै आएको मदन भण्डारी र जीवराज आश्रीत स्मृति सभा अहिले पनि मनाएको छ । २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिब भण्डारी र संगठन बिभाग प्रमुख आश्रीत चढेको जिप कविलाशको दाशढुङ्गाबाट त्रिशुलिमा खसेर उहाँहरुको निधन भएको थियो ।
त्यस यता नेकपा एमालेले हरेक वर्ष त्यहि दिन पारे श्रद्धान्जली सभा गर्दै आएको छ । ती सभाहरुमा हत्यारा पत्ता लगाई छाड्ने भाषण कडा रुपमा आउने गरेका छन् । त्यो संगै मदनको सपना पुरा गर्ने वाचा समेत गर्दै आएका छन् नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले । तर यो त्यहि सभाका लागि मात्रै सिमित वन्ने गरेको छ ।
नेकपा एमाले अहिले सम्म पटक पटक सरकारमा रहयो । सरकारमा रहँदा त्यो घटनालाई विर्षने र सरकार छोड्नु पर्दा सम्झने रोग वसि सकेको छ नेकपा एमालेलाई । अहिले उनकै नाम जपेर मदन पत्नी बिद्यादेवि भण्डार राष्ट्रध्याक्ष हुनु भएको छ । तर आफ्ना पतिको हत्यारा पत्ता लगाउन कुनै कामको सुरुवात गर्न सक्नु भएको छैन ।
वर्षको एक दिन पिण्ड चलाउने काम मात्रै भएको छ अहिले नेपालको राजनितिमा । अहिले नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भए संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकार चलि रहेको छ । त्यो समयमा मदन भण्डारीको समपना पुरा गर्नु पर्नेमा नेकपा नेतृत्वमा रहेको सरकारले खासै काम गर्न सकेको छैन । अझै महिनै पच्छिे काण्डै काण्डमा अल्झिएको छ ।
यसै शिलशिलमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पहिलो पटक स्मृति सभाको आयोजना गरेको हो । सो सभालाई संम्बोधन गर्नु हुँदै पार्टीका नेता काशीनाथ अधिकारीले शोकलाई शक्तिमा वदलेर उहाँहरुको सपना पुरा गर्ने तर्फ अघि वढ्नु पर्ने बताउनु भयो । माक्स वादको सृजनात्मक प्रयोग मदन भण्डारीले गर्नु भएको भन्दै उहाँले भण्डारी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल एकै प्रकारको नेता भएको बताउनु भयो ।
विगत र भबिश्य हेरेर पार्टीको रणनिति र कार्यनिति भण्डारीले तय गर्ने गरेको अधिकारीको भनाई थियो । सोहि अवसरमा प्रदेश नम्बर तीनका भूमिव्यवस्था मन्त्री दावादोर्जे लामाले नेपाली जनतालाई सम्बृद्धिको मार्ग र शुसासन तर्फ लैजाने काममा एक ढिक्का भएर पार्टीलाई अघि वढाउनु नै उहाँहरु प्रतिको सच्चा श्रद्धान्जली हुने बताउनु भयो ।
नेृकपा चितवनका अध्यक्ष यमवहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, जिल्ला सचिब कृष्णभक्त पोख्रेल लगाएतले भण्डारी र आश्रीतले पार्टीलाई पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
यसरी हक वर्ष भण्डारी र आश्रितको विषयमा जेठ ३ गते चर्चा हुने गर्छ । त्यस पछि त्यो चर्चा त्यहि हराउने गर्छ । वि.सं. २०५० साल जेठ ३ गते पोखरामा भएको पार्टीको भेला सकेर भोलिपल्ट पूर्बि चितवनको चैनपुरमा हुने अखिल नेपाल महिला संघको केन्द्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउने क्रममा उहाँहरु चढेको जिप दुर्घटनामा परेको थियो । आश्रीतको शव घटना स्थल नजिकै भेटिएको थियो भने भण्डारीको शव पश्चिम चितवनको गाँजीपुरमा फेला परेको थियो ।