चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्त पोख्रेलले आज पदभार ग्रहण गर्ने कार्यक्रम चलि रहेको थियो । नेकपाका नेता तथा कार्यक्रताहरुको वाक्लो उपस्थिति रहेको देख्न सकिन्थ्यो तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय कृष्ण पुरमा । तत्कालीन नेकपा एमाले चितवनको कृष्णपुरमा रहेको पार्टी कार्यालयमा जिल्लाका नेता कार्यकर्ताको उपस्थितिमा उहाँहरुले पदभार ग्रहण गर्नु लाग्नु भएको थियो । सो अवसरमा उहाँहरुलाई शुभकामना दिन आउने नेता तथा कार्यकर्ताहरुले पार्टी एक होस भन्ने सुभेच्छा सहितको शुभकामना दिई रहेको देख्न सकिन्थ्यो । माथिल्लो तहमा एकता भए पनि तल्लो तह सम्मको एकता टुङ्गीन लामो समय लागेकाले देखेर कार्यकर्तामा नैरास्यता छाएको भान देखिन्थ्यो ।
शुभकामना दिन आउनु भएक भरतपुर १० की ४५ वर्षिय एक कार्यकर्ता अध्यक्ष र सचिब दुवैलाई टिका लगाई दिदै अव कहिल्यौ बिभाजन नहुनु भन्दै हुनुहुन्थ्यो । भिडभाड भएका उहाँको परिचयभ ने पाउन सकीएन । यस्तै चिन्ता सबैमा रहेको सुन्न पाईयो । पदभार ग्रहण संगै कार्यकक्षमा पुग्नु भएका दुबै जनालाई त्यहाँ पुगेर शुभकामना दिनुहुने सबैले सफलताको सुभकामना संगै तल्लो तहका कार्यकर्ताको मनोवल उच्च वनाउन आबश्यक रहेको बताएका थिए । सो अवसरमा आयोजित कार्यक्रममा नेकपाका नेता काशीनाथ अधिकारीले पदभार ग्रहण गराउनु भएको थियो ।
पदभार ग्रहण पछि पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष परियारले देखिएको चुनौतिहरुलाई समाधान गर्दै अघि वढाउने बताउनु भएको छ । उहाँले पार्टीको विचार, कार्ययोजना र संगठनात्मक पद्धत्ती अनुसार पार्टीलाई अघि वढाउने बताउनु भयो । शुरुवाती चरणमा केही चुनौतिहरु भए पनि नयाँ जिम्मेवारीका साथ पार्टीलाई अघि वढाउने उहाँको भनाई थियो ।
अहिले संक्रमणकालिन समय भएकाले सबै कार्यकर्ताहरुको भावना अनुसार र पार्टीको नियमावली अनुसार काम गर्ने उहाँले प्रतिवद्यता व्यक्त गर्नु भयो । अहिलेको जिम्मेवारी सबै भातृ संस्थाहरुको एकता गर्ने र जिल्ला अधिवेशन संगै महाधिबेशन सम्पन्न गर्ने रहेको भन्दै उहाँले यस तर्फ केन्द्रित भएर काम गर्ने बताउनु भयो ।
यस्तै जिल्ला सचिब पोख्रेलले तल्लो कमिटिहरुलाई चाँडैनै एकता गर्ने बताउनु भयो । उहाँले जनवर्गिय संगठनहरुको एकता संगै सम्वृद्धि र शुखि नेपालीको दिशामा पार्टीका नेता कार्यकर्ता लाग्ने उहाँको भनाई थियो ।
अहिलेको चुनौति वर्गिय समुदायलाई समावेश गर्दै विपक्षिलाई समेटेर सरकारलाई सहयोग गर्ने र पार्टीलाई तन्दुरुस्त वनाउने कामको तयारी आजबाटै हुने उहाँले बताउनु भयो । परियार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो भने पोख्रेल नेकपा एमालेका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । पदभार ग्रहण समारोहमा शुभकामना र वधाई दिन पार्टीका नेता कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।
पदभार ग्रहण लगत्तै अध्यक्ष सचिब दुवै जनाले मदन भण्डारी र जीवराज आश्रितको शालिक र शहिदको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !