चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाले सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सील बिधेयकको बिरोधमा सकडमा प्रदर्शन गरेको छ । शाखाको कार्यालय अगाडी पत्रकारीतामा प्रयोग हुने सामाग्रिहरु प्रदर्शन गरिएको थियो ।
शाखाले आयोजना गरेको बिरोध कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघले घोषाणा गरेको पहिलो चरणका कार्यक्रम अन्तर्गतको अन्तिम दिनको कायृक्रम आज गरिएको हो । बिरोध पछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले सरकारले बिधेयक ल्याउने क्रममा अपनाएको बाटो र बिधेयकमा भएका विषयवस्तुका बिषमा आँफुहरुको आन्दोलन रहेको बताउनु भयो ।
सरकारले पेश गरेको बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हन गर्ने खालका बिषयबस्तु समेटीएको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !