चितवनः चितवन सहित १५ जिल्लामा भोलि देखि राष्ट्रिय परिचय पत्र बितरणको प्रकृया सुरु हुने भएको छ । परिचय पत्र बितरणका लागि प्रकृयामा आएका नागरिकहरुलाई १५ दिन लाग्ने छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको आयोजनामा मंगलबार सौराहामा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिईएको हो । कार्यक्रममा परिचय पत्र बितरणका पूर्ब तयारी र बितरणका बिषयमा सरोकारवालाहरु संग छलफल गरिएको थियो ।
सो अवसरमा बिभागका महानिर्देशक दिपक काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुहुँदै परिचय पत्रका बिषयमा बारम्बार सोधिने प्रश्न, बिभागले परिचय पत्र बितरणका क्रममा गरेका तयारी, भाबि कार्यक्रम लगाएतका बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यपत्रका बिषयमा प्रष्ट नभएका कुराहरु समेत उहाँले प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, जेष्ठ नागरिक संघका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, होटल व्यवसायी, पर्यटन व्यवसायी लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभागका निर्देशक जनकराज भट्टका अनुसार बुधबारबाट झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, चितवन, रसुवा, तनहुँ, स्याङ्जा, गुल्मि, कपिलवस्तु, सल्यान, जुम्ला, अझाम र कञ्चनपुरमा कार्यक्रम सुरु गर्न लागिएको हो ।
यस अघि सिंहदरवार भित्रका कर्मचारी र पाचथरका वासिन्दालाई परिचय पत्र बितरण सुरु गरि सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !