चितवनः सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रायोजित आन्दनोलनको तुक नरहेको बताउनु भएको छ । नेपाल टेलिकम दुरसंञ्चार कार्यालय सौराहाको फाईवर टु द होम सेवाको आज उद्घाटन गर्नु हुँदै उहाँले सरकारले ल्याउन लागेको मिडीया काउन्सील बिधेयक पत्रकारहरुकै पक्षमा रहेको बताउनु भयो । अहिले कुरै नवुझि आन्दोलन गर्दा पछि पछुताउनु पर्ने उहाँको भनाई थियो ।
आँफुहरुले स्व नियमनको व्यवस्था भएको जानकारी गराउँदा पनि केहि साथिहरुले दैडधुप जारी राखेको बताउनु भयो । उहाँले भन्नुभयो “नियमन हामी गछौं, संसारभर यसको प्राक्टीस छ । प्रायोजित आन्दोलनको कुनै तुक छैन । उहाँले थप्नु भयो “हातमा कलम छ भनेर जे पनि लेख्न पाईदैन । हातमा बन्दुक हुँदैमा मनलाग्दी गर्न पाईन्छ ।”
अधिकार पानामा लेखेर नहुने बताउँदै उहाँले भन्नुभयो “आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार वन्छ, अनिमात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ । हामीले गर्न खोजेको त्यत्ति हो । ” उहाँले थप्नुभयो “नियमन हामी गछौं, संसार भरीनै यो हुन्छ ।” संबिधान भन्दा वाहिर कुनै पनि कानुन नवन्ने उहाँले बताउनु भयो । कोहि साथीहरु कुरै नबुझिकन दौडीरहेको बताउँदै उहाँले भन्नुभयो “तपाईले लेखे पछि जवाफदेहीता बोक्नु पर्छ, पुष्टि गर्नु पर्छ । त्यत्तिकै आरोप लगाउन पाईदैन ।”

उहाँले सरकारले ल्याउन लागेको बिधेयकले स्वतन्त्र प्रेसलाई कमजोर वनाउने काम नहुने बताउनु भयो । उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मुल्य र मानक नभएको बताउनु भयो ।
सरकार प्रेस प्रति पूर्बाग्राही नभएको भन्दै उहाँले विधेयक ल्याउँदा बिदेशी र स्वदेशी प्रचलन समेत हेरिएको बताउनु भयो । अमेरीकामा पनि एक कारेड रुपैंया सम्मको जरिवाना हुने गरेको भन्दै उहाँले आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्यु दण्ड समेत दिईने गरेको बताउनु भयो । सामाजिक न्यायको हिसावले पनि बिषयलाई हेर्नु पर्ने भन्दै उहाँले पेश गरिएका र पेश गर्न लागेका कानुनी कुराहरु स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तराष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुराहरुलाई हमेसा स्वागत गरिने बताउनु भयो । तर अरुनै मनमा कुरा राखेर चलाईएको हो हल्लाबाट प्रभाबित हुन नसक्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !