चितवन (रासस) :नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो ।
अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिए पछि सेकाईका लागि शनिवार काठमाडौंको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बिच भागमा सेकाउनु पर्ने भएकाले यहाँका चिकित्सकको परामर्शमा काठमाडौं लगिएको हो ।
बि. संं. २०१२ सालमा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनु भएका अधिकारी वि.संं. २०३२ सालबाट पूर्णकालिन रुपमा कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो । जनयुद्धका समयमा उहाँको टाउकोको मूल्य रु २५ लाख तोकीएको छोरा नारायणले बताउनु भयो ।
माओवादी पार्टी बिभाजन संगै उहाँ बैद्य नेतृत्वमा लाग्नु भएको थियो । उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्ब प्रधानमन्त्री वावुराम भटराई लगाएतले अस्पतालमा आएर स्वास्थ्य लाभको कामना सहित सहयोगको आस्वासन दिनु भएको थियो ।
परिवारका सबै सदस्य राजनितिमा पूर्णकालिन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको वहिनि शान्ता अधिकारीले वताउनु भयो । सरकारले सहयोगको आस्वासन दिएको भए पनि हाल सम्म प्राप्त नभएको र प्रकृयामा रहेको जानकारी पाएको उहाँले बताउनु भयो । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला ईन्चार्ज हुनुहुन्छ भने वुहारी शुशिला थापा पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !