
चितवनः ईलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञावली जिल्लामा तानिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्बदलिय सर्वपक्षिय वैठकले ज्ञवालीलाई तत्काल जिल्ला प्रहरी कार्यालय झिकाउने सहमति भएको हो ।
बैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका समिर घिसिंङ्ले २६ गते थुनुवा कक्षमा रहेको शैचालयमा आत्महत्याको प्रयास गरे पछि वसेको सर्बदलिय वैठकले यस्तो निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सरुवा भई सक्नु भएका ज्ञवालीलाई जिल्लामा ल्याएर प्रहरी निरीक्षकको कमाण्डमा अर्को व्यवस्था नभए सम्म कार्य सम्पादन गर्ने निर्णय भएको हो ।
यस्तै सर्बदलिय बैठकले घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घटनाको छानबिन समिति गठन गरेको छ । राजनैतिक दलका प्रतिनिधि, पिडित परिवारका प्रतिनिधि, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका सम्न्धित वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धन कार्यालय चितवनका अनुसन्धान अधिकृत र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि रहने गरि १२ सदसीय छानबिन समिति गठन भएको वस्नेतले जानकारी दिनु भयो । वस्नेतका अनुसार समितिले छानबिन गरि सत्यतथ्य छानबिन गरि एक साता भित्र प्रतिवेदन पेश गर्ने छ ।
बैठकले गम्भिर भएका घिसिंङ्को उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय संग समन्वय गरेर थप उपचारमा पहल गर्ने, पक्राउ परेका ३७ जनालाई तत्काल रिहाई गर्ने सहमति भएको वैठकमा सहभागि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार राजनैतिक दलहरुले घाईते घिसिंङ्को परिवारलाई उचित क्षेती पूर्तिको समेत माग गरेका छन् ।
प्रशासन कार्यालयमा भएको सर्बदलिय बैठकमा पिडित परिवारका तर्फबाट घिसिंङ्का दाजु पासाङ् घिसिंङ, रत्ननगर नगरपालिकाका प्रमुख, कालिका नगरपालिका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा सर्वदलिय वैठक बस्दै छ । ईलाका प्रहरी कार्यालय रत्ननगरमा चोरीको अभियोगमा पक्राउ परेका एक थुनुवाले आत्महत्याको प्रयास गरे पछि उत्पन्न स्थितीलाई मध्यनजर गर्दै सर्बदलिय वैठक बस्न लागेको हो ।
चोरीको अभियोगमा बैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुरका २४ वर्षिय घिसिङ्ले २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शैचालयमानै आत्महत्याको प्रयास गरेका थिए । घिसिंङ्ले आत्महत्याको प्रयास गरे संगै प्रहरीको कम्जोरीका कारण घटना भएको भन्दै बिहिबार राति आफन्त र स्थानीयले ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।