चितवनः ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक व्याक्तिले आत्महत्या गर्ने प्रयास गरे संगै स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गा मुढा गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार चोरीको अभियोगमा वुधवार पक्राउ परेका कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरका २४ वर्षिय समिर घिसिङ्ले शौचालयमा झुण्डीयर आत्महत्याको प्रयास गरे संगै स्थानीय आक्रोशित हुँदै प्रहरी कार्यालयमा ढुङ्गा मुढा गरेका हुन ।
आक्रोशित भिडले पूर्ब पश्चिम राजमार्गा अन्तर्गत रत्ननगरमा सडक अवरुद्ध समेत गरेको छ । राप्ती नगरपालिकाको राप्ती आधारभूत माबिमा चोरी गरेको आशंकामा घिसिंङ्लाई प्रहरी नियन्त्रर्णमा लिएको थियो । घिसिङ् झुण्डीएको अबस्थामा अन्य थुनुवाले देखे पछि प्रहरीलाई खवर गरेको रेग्मीले बताउनु भयो ।
यसको बिरोधमा स्थनीयले सडमा चक्काजाम गर्नुका साथै टायर जलाएका छन् । झुण्डीय आत्महत्याको प्रयास गरेका घिसिङ्को पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उत्तेजित भिडलाई नियन्त्रर्णमा लिनका लगि प्रहरीले आठ राउण्ड हवाई फार तथा दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रबक्ता रेग्मीका अनुसार जिल्लाबाट समेत गएको थप मदले भिडलाई नियन्त्रर्णमा लिनका लागि हवाई फायर गरिएको हो । अहिले पनि स्थिति तनाव ग्रस्त रहेको उहाँले जानकारी दिनु भयो । पदमपुर देखि रत्ननगर सम्म नै यस्तो अबस्था रहेकाले के कति अश्रुग्यास प्रहार भयो भन्न सकीने अबस्था नरहेको उहाँले बताउनु भयो ।