चितवनः जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सप्ताह अन्तर्गत आज र्यालि निकालेको छ । सडक दुर्घटना न्यूनिकरणका लागि नारायणगढको पुलचोक देखि भरतपुरको गेष्टहाउस चौर सम्म र्यालि निकालिएको हो । ट्राफिक नियमको पालना गरै सडक दुर्घटना न्यूनिकरण गरै भन्ने मुल नाराका साथ आयोजना गरिएको र्यालिमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ट्राफिक सप्ताह अन्तर्गतको र्यालिको समापन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सडक सुरक्षाका बिषयमा सबैलाई ज्ञान हुन आबश्यक रहेको बताउनु भयो । ट्राफिकले लगाउने नियम ट्राफिकका लागि नभएर नागरिकका लागि भएकाले सबैले आत्मसाथ गर्नु आबश्यक रहेको बताउनु भयो ।