चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुर वजारमा प्रथम मंगलपुर साँस्कृतिक तथा व्यापार मेला २०७६ हुने भएको छ । गणेश युवा क्लब, वजार व्यवस्थापन समिति मंगलपुर र हाटवजार व्यावस्थापन समिति मंगलपुरको संयुक्त आयोजनामा यहि जेठ १ गते देखि १५ गते सम्म मेला आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरि आयोजना गरि जानकारी दिएको हो ।
स्थानीय दराई संस्कृती संरक्षण र स्थानीय वजार प्रवर्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक निर्मल भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार मेला दिउँसो १२ वजे देखि राति १० वजे सम्म संचालन गरिने छ ।
१ सय २५ वटा स्टहलरु रहने सो मेलामा कृषि, खाना र व्यापारको प्रवर्धन गरिने मेलाका सह संयोजक रमेश श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार मेलाको ७५ हजार दर्शकले अवलोकन गर्ने छन् । दराई संस्कृतिको साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस !