चितवनः भरतपुर खानेपानी व्यवस्थापन वोड भरतपुरले महशुल बुझाउनका लागि अनलाईन मार्फ पनि सकीने व्यव्स्था गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि खानेपानीको महशुल बुझाउनका लागि कार्यालय जानु नपर्ने व्यवस्था मिलाईएको जानकारी दिईएको हो ।
खानेपानीको महशुल बुझाउनका लागि अव ग्राहकले कार्यालयाम धाईरहनु नपर्ने गरी ई सेवाको सुरुवात गरिएको हो । बैशाख १५ गते देखि परिक्षणको रुपमा सुरु गरिएको ई सेवालाई आज वाट औपचारीक रुपमा ल्याईएको कार्यालयका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिनु भयो ।
अहिले खानेपानी वोडमा २७ हजार ग्राहक रहेका छन् । उनीहरुलाई सहजताका लागि ईसेवाफोन पे प्रा.लि. संगको समझदारीमा यो सेवा दिन लागिएको हो । सेवालाई गुणस्तरीय र प्रभावकारी वनाउनका लागि यो कार्यक्रम लागु गरिएको दाहालले बताउनु भयो ।यो सेवा मार्फत ५० प्रतिशत सेवा ग्राहीलाई सेवा दिने लक्ष्य रहेको छ । २०३३ सालबाट जुगेडीमा पाईप लाईनको बिस्तार संगै सुरु भएको खानेपानी कार्यालय अहिले आएर वोडमा परिणत भएको हो ।
भरतपुर महानगरपालिका भित्र सेवा दिने उदेश्यका साथ संञ्चालनमा रहेको वोडले अहिले महानगरको १ नम्बर वडा देखि १६ नम्बर वडा सम्म सेवा दिदै आएको छ । जहाँ वोडले महानगरका ४३ प्रतिशत जनालाई सेवा दिने गरेको दाहालले जानकारी दिनु भयो । अन्य क्षेत्रमा पनि सेवा बिस्तारको कामलाई तिब्र बनाईने उहाँले जानकारी दिनु भयो ।
अहिले ३३ वटा डिप वोरीङ् मार्फत जनतालाई सेवा दिदै आएको वोडले जमिन मुनि एक सय मिटर तलबाट पानी तानेर प्रसोधन गरी पिउन योज्ञ वनाउदै आएको छ । यस्तै महानगरकै अन्य चार स्थानमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र उपभोक्ताको सक्रियतामा पिउने पानीको व्यवस्था गरिएको छ। सारदानगर, शुक्रनगर, जगतपुर, पटिहनीमा कार्यालयले उपभोक्ताहरु संग मिलेर पानीको व्यवस्था गरेको हो ।
अहिले दैनिक २ करोड ५ लाख लिटर पानी उत्पादन हुँदै आएको छ । जस मध्ये २५ प्रतिशत चुहावट हुने गरेको र अन्य सेवाग्राहीले प्रयोग गर्ने गरेको वोडले जनाएको छ । वोडले अहिले दुई प्रकारका धाराहरु बितरण गर्दै आएको छ । निजि धारा र संस्थागत धाराहरुको प्रयोग भईरहेको दाहालले जानकारीदिनु भयो । वोडले मासिक रुपमा पानी प्रयोग गरे वापत ७० देखि ७५ लाख रुपैंया आम्दानी गर्दै आएको छ ।