
चितवनः नेपाली काँग्रेस चितवनले आफ्नो एक महिने जागरण अभियान सुरु गरेको छ । काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार अभियानको काँग्रेस नेता सुरेन्द्र प्रसाद चौधरीले एक कार्यक्रमका बिच बिरुवामा पानी हालेर गर्नु भएको थियो ।
अन्य समयको भन्दा भिन्न सैलीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरु पनि थोरै राखिएको थियो भने निर्धारीत समयमानै कार्यक्रम संञ्चालन गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता चौधरीले सरकार आफ्नो अर्कमन्यताका कारण संकटमा पर्ने बताउनु भयो । अहिले सरकारलाई दुई तिहाईको दम्भ भएका कारण समाजमा अर्कमन्यता देखिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो “राजा ज्ञानेन्द्रले आफ्नै घमण्डीका कारण जनताबाट अपमान सहनु परेको थियो । अव यो सरकार पनि त्यसरीनै आबसान हुन्छ ।” सदन प्रतिपक्षले चलाउने भए पनि अहिले सदन र सरकार दुबै सत्ताले चलाएको उहाँको आरोप थियो । लोकतन्त्रमा मात्रै जनताको अधिकार प्राप्ति हुने भन्दै प्रतिनिधि चौधरीले सरकार अहिले अधिनायक वाद तर्फ उन्मुख भएको आरोप समेत लगाउनु भयो । सरकारले अहिले जातिय नस्लबादि राजनिति गर्न खोजेको भन्दै उहाँले यसलाई रोक्न नसके मुलुक अराजकतामा जाने उहाँले बताउनु भयो ।
केन्द्रले प्रतिनिधिका रुपमा पठाएका चौधरीले जागरण अभियानको उद्घाटन गर्दै उहाँले प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो “सरकारमा एउटा अध्यक्षले चलाउने र अर्को अध्यक्षले जंगल जान्छु भन्ने, कस्लाई धम्काउन खोज्दै छ दुई तिहाईको सरकार ।” पछिल्लो समय आएर सरकारको रबैयाका कारण ओलिको राष्ट्रबादलाई प्रस्ट पारेको भन्दै उहाँले यसलाई जनताका माझमा पुर्याउन आबश्यक रहेको बताउनु भयो ।
सरकारले गरेका हरेक कामहरुलाई निरन्तर अरुपमा अध्ययन गर्नेहो भने अहिले सरकार अधिनायकबाद तर्फ केन्द्रित भएको वताउनु भयो । अहिले काँग्रेसले सुरु गरेको अभियान पहिलो चरणको रहेको बताउँदै उहाँले अब जनताका माझ सरकारको कामको भण्डाफोर गर्ने समय आएको बताउनु भयो । जनतालाई झुक्याएर दुख दिन नपाईने भन्दै उहाँले नेपालको अशलि राष्ट्रवादि शक्ति काँग्रेस रहेको बताउनु भयो ।
कार्यक्रताहरुमा एक अर्काको शक्ति वनेर अघि वढ्नु आबश्यक रहेको छ । काँग्रेसलाई गुटले समस्या बनाएको भन्दै अब गुटको अन्त्य गर्नु आबश्यक रहेको बताउँनु भयो । गुट उपगुटमा नलागि काँग्रेसमा लागेर काम गर्न उहाँले कार्यक्रताहरुलाई निर्देशन समेत दिनु भयो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यषतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपसभापति कैशलास कोईराला, प्रबक्ता निता ढकाल र महासमिति सदस्य दिनेश कोईराला लगाएतले बोल्नु भएको थियो ।
जागरण कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहहरुमा अहिलेको सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, शहीद परिवार तथा अग्रज काँग्रेसहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भातृ एबं सुवेच्छुकहरु संग अन्तरक्रिया गर्ने, पाटीृका सबै प्रकार र तहका नेताहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने काँग्रेस चितवनले जनाएको छ ।