चितवन: नेपाली काँग्रेसले आजबाट देश व्यापि रुपमा जागरण अभियान संञ्चालन गर्दै छ । एक महिने जागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, शहीद परिवार तथा अग्रज काँग्रेसहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भातृ एबं सुवेच्छुक संस्थाहरु संग अन्तरक्रिया गर्ने, पार्टीका सबै प्रकार र तहका नेताहरु संग भेटघाट तथा अन्तरक्रिया गरिने छ ।
काँग्रेसले देशव्यापि चलाउने अभियानका क्रममा पहिलो चरणमा जागरण अभियान सुरु गरेको हो । केन्द्रले हरेक जिल्लामा प्रतिनिधि पठाएर अभियालाई सार्थक वनाउन लागेको हो ।
यसै बिच चितवनमा पनि नेपाली काँग्रेस चितवनले आज दिउँसो जागरण अभियान सुरु गर्दै छ । अभियानका लागि केन्द्रले पाएको प्रतिनिधि चितवन आई सक्नु भएको छ । काँग्रेस केन्द्रले चितवनका लागि प्रतिनिधिको रुपमा सुरेन्द्र प्रसाद चौधरी सोमबारै चितवन आई पुग्नु भएको हो ।
जिल्लामा हुने कुनै पनि कार्यक्रम र जिल्लामा आउने कुनै पनि नेतालाई फूलमाला र ब्याच नदिने, केन्द्रले तय गरेको निति अनुसार वक्ताहरु छोट्याउने लगाएतका कामहरु हुने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कार्यक्रममा खर्चको मितव्ययिता अपनाउनका लागि साधारणतया प्रभावकारी बनाउन लागिएको हो ।
कार्यक्रमहरु तोकिएको समयमा गर्ने पार्टीको केन्द्रीय निर्देशन रहेको छ । हिमाल पहाड तराई मधेश जागरण अभियान अन्तर्गत प्रथम चराण्को कार्यक्रम काँग्रेसले देशै भरी गर्न लागेको हो । केन्द्रिय प्रतिनिधिलाई एक महिना जिल्लामा राखेर कार्यकर्ताहरुको भावनाको बारेमा जानकारी गराइने छ । अहिले देखिएको पार्टीभित्रको विचलन समाधान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ ।
काँग्रेस चितवनको जागरण अभियान आज दिउँसो १२ः३० वजे पार्टी कार्यालय कमलनगरमा सुरु हुने छ ।
काँग्रेसले बैशाख ११ गते गर्न लागेको जागरण अभियान काँग्रेस नेता तथा पूर्ब मन्त्रीको निधनका कारण आजलाई सकेको थियो ।

प्रतिक्रिया दिनुहोस !