
चितवनः सीएमएस भरतपुर गोल्डकप–२०७६ आजबाट नारायणगढको क्याम्पाचौरमा सुरु भएको छ । प्रतियोगिताको प्रदेश नम्बर तीनका सामाजिक बिकास मन्त्री युवराज दुलालले एक समारोहका बिच उद्घाटन गर्नु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै दुलालले खेलकुद क्षेत्रको बिकासका लागि सरकार योजनावद्ध तवरले अघि वढेको बताउनु भयो । केन्द्रिय सरकार र प्रदेश सरकार दुबैले खेल क्षेत्रको बिकास र खेलाडीको आत्मबल वढाउने गरि काम गर्ने योजना वनाएको बताउनु भयो । अवको युग खेलकुद क्षेत्रका लागि स्वर्णीम युग हुने उहाँको भनाई थियो ।
अहिले सरकारले खेलाडीहरुलाई व्यवसायीक वनाउँदै लैजानका लागि कार्यक्रमहरु तय गरेको उहाँले बताउनु भयो । पछिल्ला वर्ष खेलाडीहरुको मेहनत, बिभिन्न संघ संस्थाहरुको सक्रियता र राज्यको सहयोगले नेपालको खेल क्षेत्रले बिकास गर्दै आएको उहाँको भनाई थियो । हरेक क्षेत्रमा हुने यस्ता प्रतियोगिताले सरकारको दायीत्वलाई सहयोग पुगेको उहाँले बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरीले खेल क्षेत्रको बिकासले मात्रै राष्ट्रको पहिचान रहने वताउनु भयो ।
प्रतियोगिता जेठ २ गते सम्म संञ्चालन हुने छ । ट्राई वेकरका आधारमा खेलाईने प्रतियोगिता अन्तरर्गत हरेक दिन एउटा खेल मात्रै हुने छ । ए जे इन्टरनेसनल प्रा.लि.को आयोजनामा हुन लागेको सो प्रतियोगितामा राष्ट्रिय स्तरका क्लव देखि स्थानीय क्लव सम्मले सहभागिता जनाउने छन् । त्रिभूवन आर्मी, नेपाल पुलिस, एपीएफ, थ्रीस्टार, च्यासल युथ, संकटा, जावलाखेल, विजय युथ हेटौंडा, चितवन ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट ११ र झापा ११ ले प्रतियोगितामा सहभागि भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ६ लाख सहित गोल्डकप र द्धितीय हुनेलाई रु. तीन लाख नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले बताउनु भयो । प्रतियोगितामा चार बिधाका सर्बोत्कृष्ट खेलाडीहरुलाई जनही रु २० हजार, सर्बोत्कृष्ट खेलाडीलाई रु ४० हजार र प्रत्यक प्रतियोगिताको म्यान अफ दी म्याचलाई रु १० हजार रुपैंया प्रदान गरिने भुजेलले बताउनु भयो ।
गोल्डकप अन्तर्गत आजको उद्घाटन खेल विजय युथ मकवानपुर र जावला खेल युथ क्लव बिच जारी छ ।