काठमााडौंः नेपाली कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जनजागरण अभियानको कार्यक्रममा कम्तीमा एक जना महिलालाई भाषण गर्न दिने गरी कार्यक्रम तय गरेको छ।
आसन र भाषण छोट्याउने बताएको कांग्रेसले एक कार्यक्रममा अब बढीमा ५ जनालाई आसन गराइने र उनीहरूले नै भाषण गर्ने तालिका केन्द्रदेखि गाउँसम्म पठाएको छ।
कांग्रेसले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी ७७ जिल्लामै जनजागरण अभियानको तयारी सकिएको बताएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यलाई जिल्ला खटाएको र पार्टीका सभापतिदेखि पदाधिकारीले विभिन्न ठाउँका कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।