
चितवनः मृत्यु भयो भनेर दाहाशंस्कार गर्न लगिएकी शिशुको उपचारका क्रममा मृत्यु भएको छ । आईतबार नै मृत्यु भयो भनेर उनलाई दाहाशंस्कारका लागि लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौंडा घर भएकी एक अबिबाहित युवतिले अस्पतालमा वच्चा जन्माएकी थिईन । बच्चा जन्मिए संगै अस्पतालले उपचार सम्भव नभएको भन्दै र्फकाएको थियो । मृत्यु भएको भनि परिवार जनले देवघाटमा अन्त्येष्टिको तयारी गर्दै गर्दा स्थानीयले जिबितै देखे पछि बच्चालाई अस्पताल फर्काएका थिए ।
एक शिशुको मृत्यु भएको भनि दाहाशंस्कार गर्न देवघाट लगिएकोमा खाल्डोमा राखे पछि स्वास प्रस्वाश गरेपछि फर्काएर अस्पताल ल्याईएको थियो । उपचारका क्रममा शिशुको चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।