
चितवनः पुनरुत्थानबादी शक्ति नेपालले जिल्लामा रहेका वर पिपलका चौताराहरुको संरक्षणको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ । नेपालले आज चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ज्ञापन पत्र बुझाएको हो ।
विगतका बर्षहरुमा झै यस वर्ष पनि वरपिपलका चौतारहरु नासिदै गएको र गर्मीको समयमा समेत ओत लाग्ने ठाउँको अभाव भएको भन्दै यस्ता चौतारहरु जोगउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपालकी संयोजक तारा वरालले ज्ञापन पत्र बुझाउँदै बिगत १० वर्ष देखि यस्ता चौतार मासिने क्रम वढेको बताउनु भयो ।
वरपिपलको राजधानी मानिने चितवनमा विगत १० वर्ष यता ५४ वटा चौताराहरु मासिएको र यसको धार्मिक महत्व समेत रहेको भन्दै यसको संरक्षणका लागि नेपालले माग गरेको छ । धार्मिक रुपमा समेत यसको आस्था रहेकाले यसलाई संरक्षण गर्नु महत्वपूण हुने उहाँले बताउनु भयो । ज्ञापन पत्र बुझाउँदै यस्ता कार्यमा सम्लंनलाई कारवाहिको समेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले यसको संरक्षणका लागि आँफुले सक्दो पहल गर्ने र संम्बन्धित निकायलाई आग्रह समेत गर्ने प्रतिबधता व्यक्त गर्नु भयो ।