चितवनः भोलि(मंगलबार) देखि नारायणगढको क्याम्पा चौरमा सुरु हुने सीएमएस भरतपुर गोल्डकप–२०७६ को तयारी पुरा भएको छ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
प्रतियोगिता जेठ २ गते सम्म संञ्चालन हुने छ । ट्राई वेकरका आधारमा खेलाईने प्रतियोगिता अन्तरगर्त हरेक दिन एउटा खेल मात्रै हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनु भयो । ए जे इन्टरनेसनल प्रा.लि.को आयोजनामा हुन लागेको सो प्रतियोगितामा राष्ट्रिय स्तरका क्लव देखि स्थानीय क्लव सम्मले सहभागिता जनाउने छन् । त्रिभूवन आर्मी, नेपाल पुलिस, एपीएफ, थ््रीस्टार, च्यासल युथ, संकटा, जावलाखेल, विजय युथ हेटौंडा, चितवन ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट ११ र झापा ११ ले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्ने प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख रुपैंया नगद सहति गोल्डकप र द्धितीय हुनेलाई तीन लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा चार बिधाका सर्बोत्कृष्ट खेलाडीहरुलाई जनही रु २० हजार सर्बोत्कृष्ट खेलाडीलाई रु ४० हजार र प्रत्यक प्रतियोगिताको म्यान अफ दी म्याचलाई रु १० हजार रुपैंया प्रदान गरिने भुजेलले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ५० लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । खेलकोको ५० हजार दर्शकले हेर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !