चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई भेट्न कोहि महानगरवासी गयो भने कम्तिमा पनि एक देखि दुई घण्टा पर्खनु पर्ने बाध्यता रहेको छ । सो समय कुरेर पनि आफ्नो पालो आउँछ कि आउँदैन भन्ने बिषयमा भेटेर आफ्नो समस्या राख्न गएकाहरुलाई थाहानै हुँदैन ।
यस्तै समस्यामा पर्नु भएको छ गैंडाकोट नगरपालिका वडा नम्बर ४ निवासी महेन्द्र सुनुवार । भरतपुर महानगरले अटो रिक्सा मुख्य राजमार्गमा चल्न नदिने निर्णय गरे पछि आन्दोलित अटो रिक्सा तथा ई रिक्सा चालकहरुको आन्दोलनका क्रममा उहाँलाई गत साउन ९ गते गोलि लागेको थियो । त्यस पछि मजदुर संग आवद्ध ट्रेड युनियनहरु, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय बिच घाईतेको उपचार महानगर र प्रशासन मिलेर गर्ने सहमति भएको थियो ।
सोहि सहमतिका आधारमा सुनारको पहिलो तीन महिनाको उपचार खर्च महानगरले वेहोरेको भए पनि थप उपचारका लागि भने महानगरले वेवास्ता गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “तीन महिना सम्मको उपचार महानगरले गरेको भए पनि अहिले थप उपचारका लागि सल्लाहा गर्न जाँदा महानगर प्रमुख दाहाललाई भेट्न समेत पाईएन । उहाँको सचिवालयले कहिले मिटिङ् छ त कहिले वाहिर जान लागेको तपाईको काम आज हुँदै भन्दै फर्काई दिन्छन् ।”

भरतपुरको एलाईभ अस्पतालमा थप उपचारका लागि पुग्नु भएका सुनारले गुनासो गर्नु भयो । अस्पतालमा उपचार रत सुनारले पहिलो चरणको उपचार पछि आँफुलाई सरकारी अस्पतालमा उपचार गर्न भनिएको र त्यहाँबाट काठमाडौं जान भन्दा करिब १५ पटक महानगर प्रमुखलाई भेट्न गएर पनि भेट्न नपाएको दुखेसो गर्नु भयो । 

भरतपुर अस्पतालमा उपचार गर्दा पनि औषधि आँफैले वाहिरबाट किनेर ल्याउनु परेको भन्दै उहाँले अब के गर्ने निर्ण पाउन सके आफ्नो तवरले अघि वढ्ने वताउनु भयो । उहाँले भन्नुभयो “अव कसको आसमा उपचार गर्न कुरेर वस्ने उपचारको जिम्मा लिएको महानगरपालिका प्रमुख भन्दा सचिवालय शक्तिशाली भएर भेट्न पाईदैन ।” उहाँले थप्नुभयो “जनताको मत खाएर आएका जनप्रतिनिधिलाई जनताले भेट्न नपाउनु भनेको सचिवालय हाबि हुनु होईन र ।”
उपचारका लागि सल्लाहा गर्न जाँदा समेत भेट्न नपाएका सुनारले मलिन अनुहार लिदैं भन्नुभयो “ वा ले गोलि वोकाय, छोरीले हान्न लगाईन अनि उपचार गर्छू भनेर सम्झौता गरीन तर उपचारमा चासो दिईएन यहाँ भन्दा उपहार कहाँ पाउने हामीले ।” आँफु पूर्ब लडाकु भएका कारण पनि केहि सहयोग हुन्छ भन्ने आसमा रहेका सुनार अहिले दिदि वहिनिको साहरामा छन् । उहाँका दाजु छुट्टै वस्छन् । उनले पनि उनको रेखदेख गर्न सहयोग नगरेको सुनारले बताउनु भयो ।
महानगरपालिकाले उपचारमा बेवास्ता गरेको गुनासो गर्दै उहाँले अहिले सम्म आफ्नो एक लाख भन्दा माथि खर्च भई सकेको बताउनु भयो । अहिले उपचार गर्ने खर्च नभएका कारण अस्पतालले उपचारमा केहि सहयोग गरैला भन्ने आस्वासन पाएर मात्रै उपचार गर्न आएको उहाँको भनाई छ ।
अहिले सम्म उहाँको खुट्टामा ६ पटक अप्रेसन गरि सकिएको छ । पछिल्लो पटक यहि वैशाख ४ गते अस्पतालमा आएर उपचार गराई रहनु भएका सुनार महानगरले आफ्नो सुरले उपचार गराएको छ आँफै गर्छ भन्ने गरेको सुनेको भन्दै दुःख समेत मानेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराई अहिले महानगरले सुनारको उपचारमा वेवास्ता गरेको बताउनु हुन्छ । यस विषय लाई लिएर कुरा गर्न जाँदा आँफुहरुले समेत महानगर प्रमुख दाहाललाई भेट्ने अबसर नपाएको उहाँले बताउनु भयो ।
यस विषयमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घाईते सुनारको उपचारका लागि महानगरले सक्दो सहयोग गरिरहेको बताउनु भयो । उहाँ आउँदा आँफु व्यस्त भएकाले भेट्न नपाएको हुन सक्ने उहाँको भनाई छ ।
घटनामा घाईते भएकाहरुलाई उपचार गर्ने सहमति भए पनि सहमतिको एक वर्ष बित्न नपाउँदै पिडितलाई प्रमुख संग भेट्न नदिने सचिवालय र उपचारमा बेवास्ता गर्ने महानगरपालिकाले जनताको सेवा के गर्ला ?

प्रतिक्रिया दिनुहोस !