पोखरा । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेतृत्व गर्ने व्यक्तिको अभाव र पुरानै मानसिकताकै कारण कांग्रेस कमजोर भएको बताएकी छन् ।

प्रेस युनियन कास्कीद्वारा आइतवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता कोइरालाले भनिन्, ‘पार्टी नेतृत्व पुरानै मानसिकता भएका व्यक्तिको हातमा रहेसम्म काँग्रेस वलियो हुन सक्दैन ।’

पार्टीलाई बलियो र एक ठिक्का पार्न आउदो १४ औं राष्ट्रिय महाधिवेशनबाट जुझारु र युवा नेतृत्व ल्याउन जरुरी छ, चालीस बर्षदेखि एउटा अनुहार भएका नेताको मानसिकताले पार्टीका युवापुस्तालाई समेटेर लान सक्दैन, उनले भनिन्, ‘युवालाई केन्द्रविन्दुमा राखेर पार्टीले आफ्नो नीति तथा कार्यक्रम बनाउन जरुरी छ ।’

अब नेता हेर्ने हैन, पार्टीलाई वलियो वनाएर अगाडि वढाउन सक्ने नेतृत्वको खाँचो छ नेता भन्दा पनि पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि वढ्न जरुरी छ,’ उनले भनिन, ‘यतिवेला नेपाली काँग्रेस निकै कमजोर अवस्थामा छ, काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न पनि सकेको छैन, यही अवस्था रहने हो भने अर्को निर्वाचनमा कााग्रेसले देशैभरीवाट दश सीट पनि जित्न सक्दैन ।’

वीपीको विचार र गिरीजाबाबुको कार्यशैलीले नै पार्टी वलियो वनेको थियो, गिरीजाबाबुको मृत्युपछि काँग्रेस तहसनहस भएको छ, उनले भनिन्, ‘द्वन्द्वरत पक्षलाई समेत गिरीजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याई देशमा राजनीतिक स्थिरता दिनूभएको थियो ।’

वर्तमान सरकारको बारेमा वोल्दै नेतृ कोइरालाले नेकपाको सरकार एकलौटी रुपमा अगाडि वढेको छ, यसरी एकलौटी रुपमा अगाडि वढ्दा सरकार सफल हुदैन, पछिल्लो समय विप्लव समूहले देशमा राजनीतिक अस्थिरताको अवस्था सृजना गरेका छ, उनीहरुलाई वार्ता र छलफलको माध्यमवाट मूल राजनीतिक धारमा ल्याउन जरुरी छ, उनीहरुलाई वार्तामा ल्याउन काँग्रेसले पनि आफ्ना तर्फवाट भूमिका खेल्न जरुरी छ ।

वर्तमान सरकार सहमति र सहकार्यवाट नै विकास र समृद्धितर्फ अगाडि वढ्नु जरुरी छ, आफै मात्र एक्लै अगाडि वढ्छु भन्नु गलत हो, विकासका ठूला–ठूला योजना अगाडि सार्दा एक्लै सफल भइदैन, एक बर्षे छोटो समयमा सफल नहुन स्वभाविक हो, अवका दिनका केपी नेतृत्वको सरकारले विकासका काम अगाडि वढाउन जरुरी छ

प्रतिक्रिया दिनुहोस !