लिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ । हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई लिड रोलमा अफर गरेका हुन् । टाइगरलाई भेट्न लरेन्स मुम्बई नै आएका थिए । लरेन्ससँग एउटा स्टुडियोका प्रुमख तथा एम्मी अवार्ड विजेता लेखक सीन क्याथरिन डेरेक पनि थिए । मुम्बईको एउटा होटलमा उनीहरुबीच कुराकानी भएको थियो । उनले निर्माण गर्ने मोर्टल कम्ब्याट सिरिजमा टाइगरलाई अफर गरेको बुझिएको छ ।

औपचारिक सम्झौता हुन बाँकी रहे पनि सकारात्मक कुराकानी भएको मुम्बई मिररले जनाएको छ । ‘हलिउड फिल्ममा आएको अफरबाट टाइगर निकै उत्साहित बनेका छन्,’ समाचारमा लेखिएको छ, ‘यद्यपि, केही कुराहरु फाइनल हुन बाँकी छन् ।’

प्रतिक्रिया दिनुहोस !