समितिको प्रमुख सल्लाहाकारमा निवर्तमान अध्यक्ष ऋषिराम रानाभाट

गाउँमै जन्मिएर देश तथा विदेशमा रहेका युवाहरुको सहकार्य तथा गाउँपालिकाबाट प्राप्त हुने बजेटको प्रयोग गर्दै गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेका उनीहरुले अकला युवा क्लव गठन गरि विकासमा लागेका हुन् । २०६७ सालमा स्थापना गरिएपनि प्रभावकारी वन्न नसकेको क्लवले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा कुलने रानाभाट चयन हुनुभएको छ ।

सर्वसम्मतीले पारित गरि बनेको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मन्जु शाही,सचिवमा तिर्थ रानाभाट, कोषाध्यक्षमा विज्ञान रानाभाट, सह–सचिवमा खुमराज शाही रहनुभएको छ । सदस्यहरुमा पार्वती रानाभाट, लक्ष्मी रानाभाट, पशुपति रानाभाट, अशोक शाही, नारायणी रानाभाट, तीर्थ रानाभाट (ख) रहनुभएको छ ।

समितिको प्रमुख सल्लाहाकारमा निवर्तमान अध्यक्ष ऋषिराम रानाभाट, विशिष्ट सल्लाहाकारमा निवर्तमान सचिव बल वहादुर रानाभाट र सल्लाहाकारहरुमा नर वहादुर रानाभाट, तेज वहादुर रानाभाट र राम वहादुर रानाभाट रहनुभएको बताइएको छ । त्यस्तै गाउँ भन्दा वाहिर तर नेपालभित्रै रहनु हुनेहरुलाई समेटेर समन्वय समिति तथा प्रदेशमा रहनुहुनेहरुका लागि आप्रवासी समितिहरुको समेत गठन गरिने सचिव तिर्थ रानाभाटले जानकारी दिनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer