काठमाडौंः प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ । देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका थिए ।
जनता समाजवादी पार्टीका नेता केशव झाका अनुसार पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।





