चितवन ७ मङ्सिरः गरिमा बिकास बैंकको २० औं बार्षिकोत्सबको अबसरमा सोमबार नारायणगढमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ महिला सहित ८३ जनाले रक्तदान गरेका छन् ।
बैंकको क्षेत्रीय कार्यालय समेत रहेको नारायणगढ शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ बैंकका शेयर धनि एबं समाजसेवी सिद्धकुमार श्रेष्ठले गर्नुभएको थियो । सो अबसरमा श्रेष्ठले रगतको अभाव पूर्ती गर्न केही सहयोग पुगोस् भनेर बैंकले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो । रक्तदाताहरुलाई बैंकका रिजनल हेड कुमार गुरुङ्ले प्रमाणपत्र बितरण गर्नुभएको थियो । सो अवसरमा गुरुङ्ले सामाजिक उत्तरदायीत्व वहन गर्दै बैंकले आयोजना गरेको कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यबाद दिनुभयो ।
नारायणगढ शाखाका प्रबन्धक तोया अधिकारीका अनुसार वैंकले सात वर्ष देखि आजका दिन हरेक वर्ष नारायणगढ सहित ९ ठाउँमा एकै साथ एकै समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ । गत वर्ष ७८ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !