चितवनः भरतपुरका समाजसेवि बिनोद ढकालद्धारा माडीका बिपन्न पाँच परिवारलाई बाख्राको पाठी बितरण गर्नुभएको छ । माडी नगरपालिका वडा नम्बर ६ कल्याणपुरका सुकुम्बासी बस्तिमा रहेका पाँच परिवारको आयआर्जनका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले पाठी बितरण गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सूर्यकान्त घिमिरेको उपस्थितिमा पाठी हस्तान्तरण गरिएको हो । ढकालले बिगतमा पनि पहाडी क्षेत्रहरुमा बाख्राका पाठा पाठी बितरण गर्दै आउनुभएको छ । काँग्रेस केन्द्रीय समस्य घिमिरेले पाठा पाठी बितरण गर्दै विपन्न सुकुम्बासी समुदायको आयआर्जमा यसको सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “आयआर्जनको कमीले छाकटार्न कठिन भएका परिवारको आर्थिक अबस्था सुधारका लागि यस्ता कार्यक्रमहरु आबश्यक छ ।”
पाठी वितरण कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी चितवन शाखाका सभापति हरिप्रसाद न्यौपाने सहित स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !