अमेरिका: नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो नियमित महाधिवेशनले सञ्जीव श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

आइतबार सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुममार्फत गर्नुभएको थियो। कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार वरिष्ठ उपसभापतिमा फिलिप केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी महामन्त्रीमा सलिन बस्नेत र शिव ढकाल चयन हुनुभएको छ।

महामन्त्रीमा निर्वाचित बस्नेत बाल्टिमोर क्षेत्रका नेपालीहरूको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का निर्वाचित महासचिवसमेत हुनुहुन्छ।

महाधिवेशनबाट १२ जना पदाधिकारी र १३ जना केन्द्रीय सदस्य गरी कुल २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !