चितवनः मानविय सेवा, संरक्षण, पुनस्थापना तथा सामाजिक रुपान्तरणको क्षेत्रमा कृयाशिल सामाजिक संस्था आदर्श गृह नेपालले हाल सम्म १ हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । बि. सं. २०६६ साल बैशाख १ गतेबाट यस संस्थाले भरतपुरमा रहेर संरक्षणको आबश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षीत आश्रय प्रदान गर्दै आएको छ ।

संस्थाकी अध्यक्ष मिना कुमारी खरेलका अनुसार यही गृहमा हुर्कीएर दुई जना छात्राले स्नातकोत्तर गरि सकेका छन् । तीन जनाले स्नातक, १२ जनाले उच्च शिक्षा, ९ जनाले प्राबिधिक शिक्षा, ४६ जनाले प्राबिधिक तथा औपचारीक सिपमुलक रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । त्यहाँ आश्रयमा रहेका १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रबृत्ति प्रदान गरी पढाई रहेको छ । हाल संस्थामा रहेका मध्ये २४ जना नीजि र सामुदायीक बिद्यालयमा अध्ययनरत रहेका छन् ।

यस संस्थाबाट अन्य संस्थामा १३ जना गएको, ६ जना बैदेशीक रोजगारीमा गएको, यही हुर्कीएका दुई जनाको संस्थाकै अगुवाईमा बिवहा गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाले नेतृत्व गरेर जिल्ला, पुनराबेदन र सर्बोच्च अदालत एबं मेलमिलाप केन्द्र मार्फत न्याय प्राप्त गरेका र प्रकृयामा रहेका ३३४ जना रहेका छन् भने चार वटा मुद्धा बिचाराधिन छन् । संस्थाले आश्रय दिएका २० जनालाई बिउपुजी जुटाएर व्यवसायमा लगाईएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ बैद्धिक नगरमा रहेको गृहमा हाल ३२ जनाले आश्रय लिईरहेका छन् । उनीहरु हिंशा प्रभावित, मानव बेचबिखन ओसारपसारमा परेका र अनाथ हुन । उनीहरुको दिगो व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका वडा नम्बर १५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा आश्रम निर्माण गर्दै छ । संस्थाकी संस्थापक अध्यक्ष खरेलले आफ्नै एक कठ्ठा जमिन दान गर्नुभएको छ भने दुई कठ्ठा १३ धुर उपयोगका लागि गृहलाई दिनुभएको छ । संगै ४९ जना दाताले थप ३ कठ्ठा जग्गा खरिद गर्न सहयोग गर्नुभएको छ ।

सोही जग्गामा रु ७ करोड ५० लाखको लागतमा चार तलाको मापदण्ड अनुसारको सुबिधा सम्पन्न आश्रम निर्माण गरिदैं छ । जसमा ७० जना बालबालिका र ३० जना महिलाहरु अट्ने भवन बनाउन लागिएको छ । आश्रम परिसरमा त्यहाँ हुर्कीएर बिबहा गरेर गएका छोरी ज्वाई सहितका पाहुनाहरुका लागि पाहुना कक्ष, प्रशासनीक भवन लगाएतको निर्माण गरिदैं छ । दाताको भरमा संञ्चालित गृहमा यही कात्तिक २८ गतेबाट मंसिर ८ गते सम्म महायज्ञ आयोजना गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको बिशेष उपस्थितिमा महायज्ञ गर्न लागिएको संस्थाका सचिब अर्जुन अधिकारीले बताउनुभयो । संस्थाकी अध्यक्ष खरेलले जीवनको आफ्नो सम्पूर्ण समय हिंशा प्रभावित र अनाथको संरक्षणमा बिताएको भन्दैं अधिकारीले सबैको साथ र सहयोगबाट सुबिधा सम्पन्न आश्रम निर्माण गरी प्रभावितहरुको आश्रय स्थल वनाउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !