चितवनः ट्याक्टर र बलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा मचौली टोलबाट लंकालाईन तर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टा तर्फ जाँदै गरेको बा.प्र. ३–०१–०२४ च ३४७३ नम्बरको बलेरो आज दिउँसो एक आपसमा ठक्कर खाएका हुन ।
ठक्करबाट बलेरोमा सवार कालिका नगरपालिका–३ की ३५ बर्षिया लक्ष्मी परियारको उपचारका क्रममा मृत्यु भएको छ । घाइते परियारको पुरानो मेडीकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुषण यादबले जानकारी दिनुभयो । उहाँका अनुसार बलेरोमा सवार अन्य १० जना घाईते भएका छन् ।
घाईतेको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईतेहरुको अबस्था मध्यम रहेको छ । ट्याक्टर, बलेरो र दुबै सवारीका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना दिउँसो १ः३५ वजे भएको हो । उपचारका क्रममा परियारको दिउँसो २ः ३९ वजे मृत्यु भएको हो ।






